मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ।
मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ। यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ। पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ।
पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार पठाउने चलन छ।
भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नै पर्ने हुन्छ।
बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ। अर्थात चुमाओन गरिन्छ।
पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आर्शिवाद दिने गर्छन्। यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिदैं ससुरालीबाट आउने कपडा पहिर्याउने गरिन्छ।
बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ। बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ। चुमाओन गरिनु भनेको एक मिसिमको आर्शिवाद दिनु हो।
चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ। क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन। यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ।
खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ। आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ।
बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ। आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ। यस दिन छोरीको विवाह गर्दा प्रतिबद्वता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ।
यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन्। क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ।
छोरीको विवाह भएर विदाई गर्ने बेलामा दिइने कोसेली झैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ।
मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्याउनुपर्ने हुन्छ।
जानकी मन्दिरमा उत्सव मनाइँदै
कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ। यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन्।
यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ। बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका १ सय ८ वटा भार यस पटक पनि आएको छ।
मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ।
मैथिल संस्कृतिमा पानको प्रमुखताका कारण अनेकौं लोकगीतमा यसको चर्चा पाइन्छ। भाइ–बहिनीको अमरप्रेमको प्रतीक पर्व सामा चकेवाको गीतमा बहिनीले आफ्नो भाइका लागि यसरी गीत गाउँछिन्–
पनमा जे खएला हो भैंया पिकीया नेडौला अहीठाम
तहि पिकिये हो भैया जङ्गा–जमुना अएलइ बाढि
त्यस्तै सोहरगीतमा नायिका गर्भवती भएपछि आफ्ना प्रियतमलाई भन्छिन्–
ढोलिएक पान देलनि किछु नहि देलनि
एउटा शृङ्गारिक लोकगीतमा पानको यसरी पनि चर्चा गरिएको छ–
हँसी–हँसी पनमा खियौले बइमनमा
कि अपने वसे रे परदेश
गोरी रे चुनरियामे दगिया लगाइ गेले मारिके करेजबामे ठेस
स्पर्श काल: रात्री १:१९
मध्यकाल: रात्री १:५१
मोक्ष: रात्री २:४८