बढ्दो उमेरसँगै महिलाहरुको महिनावारी रोकिने प्रकृयालाई मेनोपज भनिन्छ। यसको विभिन्न चरण र अवस्था हुन्छ। प्रत्येक वर्ष अक्टोबर महिनामा ‘वर्ल्ड मेनोपज डे’ मनाउने गरिन्छ। यसको उद्देश्य जागरूकता फैलाउनुको साथै यसबाट प्रभावित भइरहेका लाखौं महिलामा रहेको भ्रम निवारण गर्नु पनि हो।
संसारभर ती महिलाको संख्या बढ्दो छ, जसको महिनावारी बन्द भएको छ। यसको कारण बढ्दो उमेर नै हो। सन् २०२१ मा ५० वर्ष वा त्योभन्दा बढी उमेरका महिलाको संख्या संसारभरमा कुल महिला र किशोरीको तुलनामा २६ प्रतिशत थियो। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार १० वर्षअघि उक्त आँकडा २२ प्रतिशत थियो।
मेनोपज कुनै पनि महिलाको जीवनको एक सामान्य चरण हो, तर प्रायः यसको बारेमा गलत जानकारी प्रचलित हुन्छ। यसलाई लिएर विभिन्न खालका मिथकहरु संसारभर नै प्रचलित रहेको पाइन्छ।
महिलाहरुमा हार्मोनल परिवर्तन उनको सामाजिक–सांस्कृतिक, बायोलोजिकल र जीवनशैलीजस्तो थुप्रै कारकहरुमाथि निर्भर गर्छ। उक्त परिवर्तन प्रत्येक महिलामा उनको जीवनशैलीको हिसाबले फरक–फरक हुन सक्छ। मेनोपज ५० वर्षको उमेरमा अथवा त्यसपछि हुने गर्छ।
माहिनाबारी बन्द हुने औसत आयु ५१ वर्ष हो। तर यो ४० देखि ६० वर्षको बीचमा पनि सुरु हुन सक्छ। मोनोपेज फरक–फरक क्षेत्र र नस्लीय समूहमाथी निर्भर गर्छ।
मेनोपजको असर बाहेक उमेर बढेसँगै शरीरको मेटाबलिज्म सुस्त हुन जान्छ। त्यसैले चिकित्सकले नियमित व्यायाम र सन्तुलित खाना खाने सलाह दिन्छन्। जसले वजन अनियन्त्रित नहोस्।
यस्तो बेला अनायास अत्यधिक गर्मी महसुस हुन्छ। यो सामान्य प्रक्रिया रहेको चिकित्सक बताउँछन्। यद्यपि उक्त समस्याले सबै महिलालाई प्रभावित गर्दैन। यो मेनोपजको शुरुवाती दुई वर्षमा समान्य मानिन्छ भने ७ वर्षपछि प्रायः बन्द हुन्छ।
भेजाइनल ड्राइनेस, यौन इच्छामा कमी र तनावले यौन सम्बन्धमाथि प्रभाव पार्न सक्छ। यद्यपि कुनै राम्रो चिकित्सक र आफ्नो पार्टनरको सहयोगले महिलाहरु आफ्नो सेक्स लाइफ सामान्य तरिकाले बिताउन सक्छन्।
मेनोपेजले गर्दा तनाव (डिप्रेशन) हुँदैन तर मेनोपजतर्फ बढिरहेकी महिलाहरुमा भने निन्द्राको समस्या सामान्य मानिन्छ। जसले गर्दा चिडचिडे हुनु र छटपटी महसुस गर्न सक्छन्।
हार्मोनिक प्रयोगले कुनै महिलामा ब्रेस्ट क्यान्सरको खतरा बढाउन सक्छ। तर यसले मुटुसम्बन्धी रोगलाई घटाउन मद्दत समेत गर्छ। अध्ययन अनुसार ६० वर्षभन्दा कम उमेरकी महिला जसमा केही कम वा अधिक हाट फ्यासको समस्या छ भने हार्मोनको प्रयोग नोक्सानीभन्दा अधिक फाइदा देखिएको छ।
मेनोपज के हो ?
मेनोपज त्यतिबेला हुन्छ जब महिलाको उमेर बढ्नुका साथै उनमा सेक्स हार्मोनमा परिवर्तन आउँछ। अन्डाशय (ओवरिज) प्रत्येक महिना अण्डा बनाउन बन्द गरिदिन्छ र एस्ट्रोजनको स्तर खस्न थाल्छ। मेनोपज प्रायः ४५ देखि ५५ वर्षको बीचमा हुन्छ। तर केही महिलाहरुमा यो त्यसअघि पनि हुने गर्छ ।
कुनै महिलालाई लगातार १२ महिनासम्म महिनावारी आएन भने त्यसलाई मेनोपज भन्ने गरिन्छ। यो महिलाहरुको प्रजनन् क्षमताको अन्त्यको संकेत पनि हो। तर मेनोपज रातारात भने हुँदैन यो विस्तारै चल्ने प्रक्रिया हो। एक महिला औसत र सात वर्षसम्म यस अवस्थासँग गुज्रिनुपर्छ। तर केही महिला १४ वर्षसम्म पनि यस अवस्थाको सामना गर्नुपर्ने हुन्छ।
मेनोपज तीन चरणमा हुन्छ
पहिलो प्रि–मेनोपज, जसबाट ३० देखि ३० वर्षका महिला प्रभावित हुन्छन्। यस क्रममा महिलाहरु प्रत्येक महिना महिनावारी हुन्छन् तर एस्ट्रोजन र प्रोजेस्टेरोनको स्तर धेरै पटक फेरिन थाल्छ।
अर्को हुन्छ पेरी–मेनोपज, जसले महिलाहरुमा प्रजनन क्षमताको अन्त्यलाई देखाउँछ। यस क्रममा महिलाहरुको एस्ट्रोजन स्तर तिब्र रुपमा कम हुन्छ। यस अवस्थामा महिनावारी अनियमित हुन जान्छ र कहिलेकाहीँ महिनावारी नहुन पनि सक्छ। कम समय अथवा लामो समयको लागि पनि हुनसक्छ। महिलाहरुमा छटपटी, अनिन्द्राको समस्या पनि देखा पर्न सक्छ।
तेस्रो र अन्तिम स्टेज पोस्ट मेनोपज हो, जसमा महिलाहरुलाई लगातार १२ महिनासम्म महिनावारी हुँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार मेनोपजको ४८ भन्दा अधिक फरक फरक प्रकारको लक्षणहरु रहेका छन्।
यस्ता छन् सामान्य लक्षण
हट फ्लाशेज र निन्द्रामा अत्यधिक पसिना आउनु
महिनावारीको साइकलमा परिवर्तन आउनु र विस्तारै महिनावारी बन्द हुनु
योनीमा सुखापन, सेक्शुअल इन्टरकोर्सको समयमा पीडा हुनु
सुत्नमा समस्या अथवा निन्द्राको कमी
मूड परिवर्तन हुनु, तनाव र छटपटी
हड्डी कमजोर हुनु
एकाग्रतामा कमी आउनु
स्मरण शक्तिमा कमी आउनु
घुँडा दुख्नु, छाला शुष्क हुनु