मंगलबार, वैशाख ८, २०८३

दसैंको छैटौं दिन आज कात्यायनीको पूजा गरिँदै

 |  शुक्रबार, कात्तिक ३, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, कात्तिक ३, २०८०

कात्ययानी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ। कात्ययानी नेपालकोअछाम जिल्ला अन्तर्गत बैद्यनाथ क्षेत्रमा जन्मेकी हुन्।  माता कात्यायनी देवीको पूजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ भन्ने मान्यता छ।

National life

विश्वप्रसिद्ध महर्षी कात्यायनले भगवती पराम्बाको उपासना गरे। उनले कठोर तपस्या गरे। उनले पुत्री प्राप्तिका लागि माता पराम्बाको उपासना गरेका थिए। माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन्। यसरी यी देवीको नाम कात्यायनी रहन गयो। यिनको गुण शोधकार्य छ। त्यसैले यी देवीको वैज्ञानिक युगमा कात्यायनीको महत्व सर्वाधिक रहेको छ। माता कात्यायनीको कृपाले नै सबै कार्य पूरा हुन्छ भन्ने विश्वास छ। यी देवी वैद्यनाथ नामक स्थानमा प्रकट भएकी थिइन्। जुन ठाउँ नेपालको अछाम जिल्लामा पर्छ। माता कात्यायनी अमोघ फलदायिनी छिन्।

भगवान कृष्णलाई श्रीमानको रुपमा पाउनका लागि ब्रिजका गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए। त्यो पूजा कालिन्दी यमुनाको तटमा गरिएको थियो। त्यसैले यी देवी ब्रजमण्डलकी अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन्। यिनको स्वरुप अत्यन्त भव्य र दिव्य छ। यिनी स्वर्ण जस्तै चम्किली र भाष्वर छिन्।

यिनका चार हातहरु छन्। दायाँतर्फको माथिल्लो हात अभयमुद्रा रहेको छ तथा तल्लोतर्फको हात वरमुद्रामा रहेको छ। माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल सुशोभित छ। यिनको वाहन पनि सिंह नै हो। यिनको उपासना र आराधनाले भक्तहरुले सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्छन्। त्यसैले भनिन्छ यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ।

प्रकाशित: Oct 20, 2023| 05:02 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्