बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पर्व बिदा गृहकार्यको शैली बदल्ने कि ? 

बिदा सुरु भएसँगै फुरुंग भएको मनको एक कुनामा गृहकार्यको त्रासले भने डेरा जमाइसकेको हुन्छ र सँगै सुरु भइसकेको हुन्छ अभिभावकको बार्गेनिङ।
 |  बिहीबार, कात्तिक २, २०८०
nespernesper

टेकराज अवस्थी

टेकराज अवस्थी

बिहीबार, कात्तिक २, २०८०

प्राय: विद्यालयमा दशै‌ंदेखि तिहार, छठसम्म लामो बिदा हुन्छ। दशैं, तिहारलगायत पर्वहरुको त्यो बिदा सुरु हुनु अगावै बालबालिकाको मन फुरुंग भइसकेको हुन्छ। मनमा अनेकन् योजना बनाइरहेका हुन्छन्। कहाँ जाने, के गर्ने, कसलाई भेट्नेलगायत अन्यय योजनाहरु। बिदा सुरु भएसँगै फुरुंग भएको मनको एक कुनामा गृहकार्यको त्रासले भने डेरा जमाइसकेको हुन्छ र सँगै सुरु भइसकेको हुन्छ अभिभावकको बार्गेनिङ।

triton college

गृहकार्य सकेपछि मात्र यो र त्यो किनिदिन्छु फलानो ठाउँमा लैजान्छु फलानोलाई भेटाउँछु लगायतका बार्गेनिङ चलिरहन्छन्। बालबालिकाले भने गृहकार्यको त्रास र अभिभावकको बार्गेनिङका कारण दशैंतिहार लगायतका चाडहरुको वास्तविक रमाइलो गुमाइरहेका हुन्छन। त्यसैले पछिल्लो समय पर्व बिदाको गृहकार्यको स्वरुप र शैलीको सन्दर्भमा बहस सुरु भएको छ। त्यसैले सिकाइसँग जोडिने रमाइलो वातावरणमा त्रासमुक्त गृहकार्यका सन्दर्भका विभिन्न उपायहरुबारे छलफल सुरु भएको छ।

उसो भए के गर्ने त ? अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई  इतिहास बताउने। दशैं, तिहार, नेपाल सम्बत्, छठ लगायतका चाडहरुको मौलिक इतिहास कसरी सुरु भयो, दशैंमा किन लगाउँछ्न् जमरा र टीका, किन खेलिन्छ पिङ, किन बली दिइन्छ, किन बत्ती बालिन्छ, किन पुजिन्छन् काग, कुकुर, गाई र गोरु, किन पुजिन्छ आफैंलाई, किन दिइन्छ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्ग, किन पूजा हुन्छ छठमा तलाउ र घाटमा लगायत चाडपर्वका हरेक दिनको आफ्नै इतिहास छ।

यो सबै इतिहास अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जानकारी भएन भने पछिल्लो पुस्तालाई चाडहरुको महत्त्व नरहन सक्छ जसका कारण परम्परा लोप हुन सक्छ। त्यसैले विद्यालयको पाठ्यक्रमको गृहकार्य नदिएर इतिहास बताउने र त्यसैका बारेमा प्राप्त ज्ञान र इतिहासको व्याख्या र समिक्षा प्रस्तुति  गराउन सकिन्छ। 

मौलिक संस्कृति र परम्परासँग जोडौं। दशैं, तिहार, नेपाल सम्बत्, छठ पर्वमा चलिआएका छुट्टाछुट्टै परम्परा गतिविधि छन्। ती परम्परासँग बालबालिकालाई जोड्नु जरुरी हुन्छ। हरेकजसो चाडपर्वमा चाडपर्व विशेष खानाहरु बनाइन्छन्। ती खानाहरु बनाउँदा आफ्ना बालबालिकालाई सँगै सहभागी गराउने। पर्वहरुमा प्राय दिन विशेष फरक फरक ढंगले पूजा गरिन्छ। ती सम्पूर्ण पूजाहरुमा  पूजा गर्दा र पूजा पूर्वको गतिविधिमा आफ्ना बालबालिकालाई सहभागी गराउने गर्नुपर्दछ।

Metro Mart
vianet

दशैंमा खेलिने पिङ बनाउने बेलादेखि नै सहभागी गराउन सकिन्छ र तिहारमा खेलिने देउसी भैलोमा आँगनमा बनाइने रंगोलीमा र बत्ती बल्दाका सबै गतिविधिमा बालाबालिकालाई सहभागी गराउन सकिन्छ। चाडबाडका बेला विभिन्न प्रकारका जात्रा, मेलाहरु सञ्चालन हुन्छन्। त्यस्ता  मेलामा हुने धार्मिक सांस्कृतिक गतिविधिमा बालबालिकालाई सहभागी गराउन सकिन्छ। 

आफन्त र परिवारसँग जोडौं। पछिल्लो समय आफन्तहरुको पारिवार-परिवार बीचको जमघट र घुलमिल कम हुँदै गएको छ। सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनका सामग्रीका कारण मानिसहरु एकोहोरो हुँदै गएका छन् भने अर्कोतिर अभिभावकको जागिर ब्यबसाय र बालबालिका स्वयंलाई राम्रो शिक्षादीक्षाका लागि धेरै जसो बालबालिका घर छोडेर टाढा जाने प्रचलन बढ्दै गएको छ। यसका कारण गाउँ घरपरिवार आफन्तहरुको महत्त्व थाहा भइरहेको हुँदैन साथै आफ्नोपन आत्मियताबाट टाढा भइरहेका हुन्छ्न्। त्यसैले यस्तो चाडबाडको लामो बिदामा बालबालिकालाई पारिवारिक जमघटमा प्रत्यक्ष संलग्न गराउने आफन्तहरुसँग भेटघाट गराउने दोहोरो कुराकानी गराउन लगाउने साइनो अनुसारको सम्मान माया गर्न लगाउने लगायत पारिवारिक गतिविधिमा संलग्न गराउने गर्नुपर्दछ। 

विगतदेखि वर्तमान बताउनुहोस्। हाम्रा मौलिक चाडहरु मनाइने परम्पराको लामो इतिहास रहे पनि समाजमा भएका विभिन्न परिवर्तनका कारण चाडपर्व मनाउने शैली पनि परिवर्तन हुँदै आएको छ। यसरी परिवर्तन हुँदा सकारात्मक र नकारात्मक दुवै प्रभाव परेको छ। प्रायगरी नेपाली परिवारको प्रकृति तीन पुस्ता सँगै बसिरहेका हुन्छन्। यस्तो अवस्थामा चाडपर्व मनाउने शैलीमा हुने परिवर्तन प्रत्यक्ष संलग्न पुस्ता पनि हुन्छन्। यस्तो अवस्थामा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई विगतमा चाडपर्व मनाउने शैली कस्तो थियो कुन कुन समयमा कसरी परिवर्तन भयो भन्ने कुराको जानकारी गराउनुपर्छ। ताकी पछिल्लो पुस्तालाई आफूले मनाउने चाडबाड बारे सम्पुर्ण ज्ञान होस्। 

बाहिरी पुस्तक पढ्न दिने। हरेक दिन विद्यालयका पाठ्यपुस्तक पाठ्य सामग्रीसँग अभ्यस्त हुँदा बाहिरी ज्ञानसँग टाढा भइरहेका हुन्छन् र विद्यालयको दैनिकीका कारण चाहेर पनि बाहिरी ज्ञानसँग जोडिन सकिरहेका हुँदैनन्। त्यसैले दशैं तिहार लगायत चाडपर्वको बेला लामो बिदा हुन्छ। विद्यालय गतिविधिको मानसिक दबाब पनि हुँदैन। यस्तो अवस्थामा बालबालिकाहरुलाई पाठ्यपुस्तक भन्दा फरक कथा कविता उपन्यास इतिहास आत्मकथा लगायत बाहिरी पुस्तकसँग जोड्नुपर्दछ जसका कारण एकातिर विद्यालय समयको मानसिक दबाब खुकुलो हुन्छ भने अर्कोतिर बाहिरी ज्ञानको दायरा बिस्तार हुन्छ।

(अवस्थी नेविसंघका केन्द्रीय सदस्य हुन्)

प्रकाशित: Oct 19, 2023| 14:30 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्