३४ वर्षिया उर्वशीको पहिलो बच्चाको जन्म कोभिड महामारीको चरम अवस्थामा भएको थियो। त्यसबखत उनी भारत, मेरठको एक निजी विद्यालयमा सोसल स्टडी पढाउँथिन्। केही समय उनले घरबाटै अनलाइन क्लास लिइन् तर पछि उनलाई विद्यालय आउन भनियो।
उर्वशी भन्छिन्, 'श्रीमान् बैंकिङ सेक्टरमा भएका कारण दैनिक अफिस जानुपर्ने हुन्छ। यस्तोमा म पनि विद्यालय जान थालेँ भने घरमा बच्चाको रेखदेख कसले गर्ने ? धेरै सोचविचार गरेपछि मैले जागिर छोडेर घरमै ट्युसन पढाइरहेकी छु।'
यस्तै भयो अमेरिकाको पेन्सिलभेनियाकी बाल रोग विशेषज्ञ डा. अमाका नामानीसँग पनि। ३८ वर्षिया नामानीका दुई सन्तान छन्। एउटा आठ वर्ष र अर्को ६ वर्षका। जब कोरोना महामारी आयो, त्यतिबेला उनको तेस्रो बच्चा गर्भमा थियो। २०२० मा छोरा जन्मिसकेको थियो भने अर्को हुर्किँदै गएको बच्चाहरुलाई पढाउनु पनि थियो। लकडाउन खुलेपछि उनलाई र उनको श्रीमानलाई अफिस जानुपर्ने भयो। डाक्टर नामानी सुनाउँछिन्, “मलाई अस्पतालमा बिरामी हेर्न र सहकर्मीहरुसँग काम गर्न मन पर्थ्यो तर बच्चाहरुको देखरेख गर्ने व्यवस्था नभएपछि मेरो लागि काम गर्नु सम्भव भएन।'
आज डाक्टर नामानी कन्सल्टेन्टको रुपमा स्तनपानसम्बन्धी शिक्षा दिनुका साथै लेखिका पनि छिन्। जागिर छोडेर उनी ती व्यक्तिहरुमा सामेल भइन् जो कोभिडको कारण पारम्परिक नोकरी र जागिर छाडेर स्वरोजगारको बाटो अपनाएका छन्। स्वरोजगार र उद्यमताको धेरै फइदा छ तर उर्वशी र डाक्टर नामानीजस्तो महिलाहरुको लागि आफ्नो जागिर छोड्नु कुनै विकल्प नभएर बाध्यता थियो। महामारीपछि थुप्रै महिलाहरुमाथि यस्तो दबाब सिर्जना भयो जसले गर्दा उनीहरुलाई स्वरोजगारको विकल्प रहेन।
विकल्प कि बाध्यता ?
बेंगलुरुकी अजीम प्रेमजी युनिवर्सिटीले सेप्टेम्बर २०२३ मा जारी गरेको एक रिपोर्टअनुसार भारतमा स्वरोजगार अपनाउने महिलाहरुको संख्या बढेको छ। ‘स्टेट अफ वर्किङ इन्डिया २०२३’ शीर्षकको उक्त रिपोर्टले भारतमा स्वरोजगार अंगाल्ने महिलाहरुको संख्या जुन २०१८ को पहिलो त्रैमासको तुलनामा डिसेम्बर २०२२ मा १४ प्रतिशतबाट बढेर ६५ प्रतिशत भएको छ। यस्तो अवस्था आर्थिक प्रगतिको कारणले नभई बाध्यताको कारण हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै अमेरिकाको सेन्टर अफ इकोनोमिक एन्ड पोलिसी रिसर्च (सीईपीआर) को रिपोर्टअनुसार आफूलाई स्वरोजगारसँग जोडिएको बताउने अमेरिकनको संख्या २०१९ देखि २०२२ को पहिलो ६ महिनामा ४ प्रतिशतले बढेको छ। महामारीपछि पुरुषको तुलनामा दुई गुणा बढी महिलाहरुले आफूलाई स्वरोजगारसँग जोडिएको बताएकी छन्।
युनिभर्सिटी अफ क्यान्ससको स्कुल अफ पब्लिक अफेयर एन्ड एमिनिस्ट्रेशनमा एसोसिएट प्रोफेसर मिस्टी ए. हेगिनेसका अनुसार उक्त संख्या बढ्नु उनीहरुको कारण पनि हुन सक्छ जो केही नयाँ गर्न खोजिरहेका छन्। उनका अनुसार ९ बजेदेखि पाँच बजेसम्म काम गर्नु प्रायः कामकाजी आमाहरुको लागि सही साबित भइरहेको छैन। प्रोफेसर हेगिनेसको अनुसार व्यक्तिलाई काम गर्ने समय र तरिकालाई लिएर केही लचिलोपन चाहिएको छ। यस्तोमा साना नानीकी आमाहरुलाई स्वरोजगार सही साबित भइरहेको छ।
धेरै गरेर थाकेकी त्यस्ती आमाहरुलाई आफ्नो करियर र कामलाई ध्यान दिन चाहन्छन्। यस्तोमा उनीहरुले निर्णय लिएको हुन सक्छ कि स्वयं नै बोस बनेर जीवन, परिवार र करियरको बीच सन्तुलन बनाउने। किनभने कतिपय अवस्थामा आमाबाबु दुवै कामकाजी हुनु र बच्चाको रेखदेखको लागि सहयोगी राख्नु निकै महँगो भएको हुनाले प्रायः महिलालाई नै यसको व्यवस्थापन गर्नु परिरहेको अवस्था छ।
तर सबैको लागि जागिर छोड्नु सजिलो हुँदैन। प्रो. हेगिनेसको अनुसार कतिपय कामकाजी आमाहरुसँग काम छोड्नुको विकल्प थिएन किनभने उनीहरुको आम्दनीले नै घर चलिरहेको थियो। त्यसैले बाध्यताबस पनि स्वरोजगार अंगाल्नु पर्यो किनभने बच्चाको रेखदेख सँगसँगै गर्न सकियोस्।
भारतलगायत देशमा पनि कामकाजी महिलाहरुमाथि पारम्परिक सामाजिक दायित्व निर्वाह गर्ने दबाब हुन्छ नै।
सीईपीआरको शोधमा योगदान पुर्याएकी अर्थशास्त्री जुलीका अनुसार रोजगार छोडेर स्वरोजगार अंगाल्ने अधिकांश अमेरिकी महिलाहरुको बच्चा सानै अथवा शिशु नै थिए। साना बालबालिकाकी आमाहरुले बाध्यताबस जागिर छोडेर स्वरोजगार अंगाल्ने चलनलाई रोक्नको लागि सुझाव दिँदै अर्थशास्त्री सुनाउँछिन्, अब आवश्यक छ कि कम्पनीहरुले बच्चाहरुको रेखदेखलाई ध्यान दिनुको साथै महिलाहरुको काम गर्ने समयको पनि ध्यान राखोस्।
कम शिक्षित र कम आय भएका महिलाहरुको लागि यो महत्वपूर्ण साबित हुन्छ किनभने सीईपीआरको शोध अनुसार अधिकांश महिलाहरुले यिनै समस्याहरुको कारण जागिर छोड्नुपरेको थियो। यद्यपि कतिपय महिलाहरुलाई स्वरोजगारमा आशाको किरणसमेत देखिएको छ। उर्वशीका अनुसार स्वरोजगारले उनलाई थुप्रै फाइदा पनि भएको छ। उनले केही महिना पहिले दोस्रो सन्तान जन्म दिनुका साथै दुबैको रखेदेख गर्दै आफ्नो मन परेको पढाउने कामलाई निरन्तरता दिन पाएकी थिइन् र उनको खर्च पनि पुगिरहेको थियो।
डाक्टर नामानी पनि आफ्नो बच्चाको देखरेख राम्रोसँग गर्न पाइरहेकी छन्। उनले स्तनपानबारे जानकारी दिने एक कम्पनी खडा गरेकी छन्। साथै उनी अस्पतालहरुमा स्वतन्त्र काम गर्न पाइरहेकी छन् भने किताब पनि लेखेकी छन्।
युनिभर्सिटी अफ क्यान्ससका स्कुल अफ पब्लिक अफेयर एन्ड एडमिनिस्ट्रेशनमा एसोसिएट प्रोफेसर मिस्टी ए. हेगिनेसको भनाइअनुसार स्वरोजगार र घरबाट काम गर्ने सुविधा बच्चा हुने महिलाहरुको लागि सजिलो पनि छैन। जब बालबालिका घरमै हुन्छन् यस्तोमा वर्क फ्रम होम गर्नु सजिलो हुँदैन। स्वरोजगारको केही फाइदा र नोक्सान पनि छ। राम्रो कम्पनीहरुमा काम गर्दा स्वास्थ्य बीमा अथवा रिटायरमेन्टको लागि बचत जस्तो सुविधाहरु प्राप्त हुन्छ जो स्वरोजगारमा हुँदैन।
भारतको एक रिपोर्ट अनुसार भारतमा समय क्रममा थुप्रै महिलाहरुले स्वरोजगार अँगाले तर उनको आम्दानी २०१९ को त्रैमासको तुलनामा १५ प्रतिशत कम भएको पाइयो। शोधकर्ताहरुको भनाइअनुसार यस्तो हुनुमा ‘आर्थिक मन्दी’ र ‘महामारीको कारण आएको समस्या’ कारण हुन सक्छ। रिपोर्टको अनुसार ‘घरको आम्दानी घटेको कारणले महिलाहरुलाई स्वरोजगार अंगाल्नुको तुलनामा आर्थिक प्रगति र बढेको लेबर डिमान्डको कारण महिलाहरुको भागीदारी बढ्नाले फरक नतिजा देख्न सकिन्छ।
शोधकर्ताको सुझावअनुसार कामकाजी महिलाहरुको बढ्दो आपूर्तिको हिसाबले आधुनिक र उत्पादक क्षेत्रहरुमा उनीहरुको लागि माग बढाउनु पर्छ नभए पहिलेदेखि स्वरोजगारको क्षेत्रमा देखिएको भीड झनै बढ्न सक्छ।
- बीबीसी हिन्दीबाट