बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्लिप प्यारालाइसिसको भ्रम र यथार्थ

स्लिप प्यारालइसिसको क्रममा ब्रेन जागिसकेको हुन्छ तर शरीर पूरै जागिसकेको हुँदैन।
 |  बिहीबार, असोज १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

आधा रातमा एक्कासि निन्द्रा खुल्दा कहिले तपाईंलाई यस्तो भएको छ कि कोठाका भित्ताहरु साँघुरिँदै गइरहेको छ र तपाईंलाई किच्छ। अथवा पर्दाको पछाडि नभएर ओच्छयानको नजिकै कोही उभिएको छ जसले तपाईंलाई अँठ्याउने प्रयास गर्दैछ ?

triton college

तपाईं बच्ने प्रयास गर्दा पनि शरीर हल्लिँदैन। तपाईं डराएर कराउने प्रयास गर्दा बोली नै नफुटेको आभाष हुन्छ र यसबीच पसिना आउन थाल्छ। यस्तो थुप्रै मान्छेलाई हुन्छ। धेरैले यो अवस्था भूतपिशाच अथवा नकारात्मक उर्जाको कारण हुन सक्ने अनुमान गर्छन् तर विज्ञानले धेरै हदसम्म यस अवस्थाको अध्ययन गरिसकेको छ। मेडिकल साइन्समा यो अवस्थालाई स्लिप प्यारालाइसिस भन्ने गरिन्छ।

भारतको नयाँ दिल्ली स्थित बीएलके मैक्स अस्पतालका न्यूरोलोजिस्ट डा. विनीत बंगाका अनुसार जब हामी सुत्छौं त्यतिबेला हाम्रो स्लिप साइकलको दुई भाग हुन्छ। जब हामी आरईएम स्लिप फेजमा हुन्छौं त्यतिबेला हामी सपना देख्छौं। यस्तो बेला हाम्रो ब्रेन सेल्स शरीरलाई यस्तो सिग्नल दिन्छ जसले गर्दा शरीर हल्लिन नपाओस्। किनभने यदि हामी शरीर हल्लायौं भने हाम्रो हातखुट्टा चल्न सक्छ।

स्लिप प्यारालइसिसको क्रममा ब्रेन जागिसकेको हुन्छ तर शरीर पूरै जागिसकेको हुँदैन। निन्द्रा खुलिसकेको हुन्छ तर शरीर प्यारालाइसिसमा रहनुलाई स्लिप प्यारालाइसिस भनिन्छ। स्लिप प्यारालाइसिसको क्रममा कसैलाई भूतप्रेत, मृत्यु भएका परिवारजनलाई दखेको जस्तो लाग्छ भने कसैलाई हावामा उडिरहेको जस्तो महसुस हुन्छ। कसैले यसलाई धार्मिक शक्ति भनेर पनि अनुमान गर्छन्।

वैज्ञानिकहरुका अनुसार स्लिप प्यारालाइसिस त्यतिबेला सदियौंदेखि अस्तित्वमा छ जबदेखि मनुष्य सुत्ने गरेका थिए। साहित्यिक इतिहासको माध्यमबाट यसको कतिपय रंगीन वर्णन पाइन्छ। १९औं शताब्दीकी ब्रिटेनकी लेखिका मैरी शेलीले आफ्नो चर्चित उपन्यास फ्रेंकनस्टाइनमा पनि स्लिप प्यारालाइसिसको चर्चा गरेकी छन्। तर हालसम्म पनि यस विषयमा निकै कम शोध भएको छ।

Metro Mart
vianet

हार्वर्ड यूनिभर्सिटीमा मान्छेको निन्द्रमाथि शोध गरिरहेका बालन्द जलालको भनाइअनुसार अहिलेसम्म यस विषयलाई त्यति ध्यान दिइएको थिएन तर विगत दश वर्षदेखि यस विषयप्रति मान्छेमा रुचि बढेको छ। जलालले सन् २०२० मा स्लिप प्यारालाइसिसको उपचारको लागि विभिन्न तरिकाको क्लिनिकल ट्रायल गरे। सेन्ट मैरीज कलेज अफ मैरीलैंडमका भिजिटिङ एसोसिएट प्रोफेसर र क्लिनिकल मनोवैज्ञानिक ब्रायन शार्पलेसले सन् २०११ मा पेन्सिल्वेनिया स्टेट यूनिवर्सिटीमा यस विषयमा अहिलेसम्मको सबैभन्दा गहन अध्ययन गरेका छन्।

उनले पाँच दशकमा ३५ वटा अध्ययनको आँकडाहरुको विश्लेषण गरे, जसबाट ३६ हजारभन्दा धेरै स्वय‌सेवकहरु सम्मिलत रहेका थिए। शार्पलेसले अध्ययनबाट के पाए भने स्लिप प्यारालाइसिस पहिलेको तुलनामा अहिले निकै सामान्य भइसकेको छ। उनका अनुसार लगभग आठ प्रतिशत वयस्कहरुले कम्तिमा एकपटक यसको अनुभव गरेका छन्।

भारतको गुरुग्रामस्थित फोर्टिस मेमोरियल रिसर्च इन्स्टीट्यूटमा न्यूरोलजी डिपार्टमेन्टका हेड डा. प्रवीण गुप्ताका अनुसार भारतमा यस विषयमा कुनै ठोस शोध भएको छैन। यसबाट पीडितको संख्या यकिन बताउन नसकिने उनले जानकारी दिए।

ऑक्सफोर्ड यूनिवर्सिटीमा निन्द्राको बारेमा अध्यापन गराउने प्रोफेसर कलिन एस्पीका अनुसार स्लिप प्यारालाइसिस स्लिप वाकिङजस्तै हो। प्रायः मान्छे यसको उपचारको लागि चिकित्सकको सम्पर्कमा जाँदैनन्। तर शार्पेलेसले आफ्नो शोधमा के पाइन् भने १५ देखि ४४ प्रतिशत व्यक्ति जो स्लिप प्यारालाइसिस पीडित थिए उनीहरु डिस्ट्रेसका पनि  पीडित थिए।

प्रोफेसर एस्पीका अनुसार तपाईं राति एन्जाइटीको शिकार हुन सक्नुहुन्छ भने प्यानिक अट्याक पनि आउन सक्छ। केही गम्भीर मामिलामा तपाईं नार्कोलेप्सीको पनि शिकार हुन सक्नुहुन्छ। नार्कोलेप्सी एउटा यस्तो अवस्था हो जतिबेला दिमागले सुत्ने र उठ्ने सन्तुलन मिलाउन सक्दैन।

चिकित्सकहरुका अनुसार स्लिप प्यारालाइसिसको एक ठूलो कारण निन्द्रा पूरा नहुनु हो। सुत्ने टाइमटेबल नियमित नहुनु, स्ट्रेसका कारण पनि यसको शिकार हुन सकिन्छ। केही चिकित्सकको भनाइअनुसार पीठ्युँतिर फर्केर सुत्ने बानीले पनि स्लिप प्यारालाइसिस हुने खतरा हुन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा पीडितलाई ओच्छ्यानमा जाँदा कुनै किसिमको तनाव नलिन भन्नुपर्छ। स्लिप प्यारालाइसिस भयो भने पनि नडराएर शान्त रहने कुरा बताउनुपर्छ। तर मामिला धेरै बढ्यो भने जोगिनको लागि व्यक्तिलाई डिप्रेशनमा दिने औषधिको सुझाव दिने गरिन्छ। यूनिवर्सिटी अफ लन्डनका क्रिस्टोफर फ्रेन्चले एक दशकभन्दा लामो समयसम्म त्यस्ता थुप्रै व्यक्तिसँग कुरा गरेका थिए। उनले के पाए भने प्रायः व्यक्तिको अनुभव उनीहरुको संस्कृतिबाट प्रभावित थियो।

जलालले आफ्नो शोधबाट इजिप्टका ४४ प्रतिशत मानिस स्लिप प्यारालाइसिसको शिकार रहेको पाए भने डेनमार्कका २५ प्रतिशत यसको शिकार रहेका थिए। जलालका अनुसार जो व्यक्ति कुनै सुपरनेचुरल शक्तिमाथि विश्वास राख्छन्, उनीहरु प्रायः स्लिप प्यारालाइसिसको  शिकार हुने गरेको पाइयो।
- बीबीसी हिन्दीबाट

प्रकाशित: Oct 05, 2023| 22:20 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्