आइतबार, जेठ २५, २०८२

यस्तो खानेकुराले पूरा गर्छ शरीरमा पोषक तत्व

 |  शुक्रबार, असोज १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

vianetvianet

हामीले खाने खानेकुराले हाम्रो स्वास्थ्य अवस्थालाई दर्शाउँछ। हामी जति सन्तुलित खाना खान्छौं, हाम्रो स्वास्थ्य पनि उति नै राम्रो हुन्छ।

स्वास्थ्य विज्ञका अनुसार खानामा सन्तुलित आहार अर्थात सबै प्रकारको पोषक तत्व हुनु आवश्यक हुन्छ। तर अधिकांशले भुटेको, तारेको खान मन पराउँछन्। यसको कारण भनेको हाम्रो अति व्यस्त जीवनशैली नै हो। हामीसँग काम गर्ने समय त हुन्छ तर शान्तिसँग खाना खाने समय हुँदैन। यस्तोमा जे पाइन्छ त्यहि खाने बानी र बाध्यताले शरीरलाई नोक्सान पुर्याइरहेको हुन्छ। कतिलाई त आफूले खाने खानेकुरामा पाइने पोषक तत्वको बारेमा थाहा पनि हुँदैन।

व्यक्तिले आफूलाई कसरी स्वस्थ्य राख्ने भन्नेबारे धेरै खोजहरु भइरहेको छ। वैज्ञानिकरुले यस्ता चिजहरुको लिस्ट तयार पारेका छन्, जसलाई खानपानको हिस्सा बनाएर हामीले शरीरलाई चाहिने सबै प्रकारको पोषक तत्व प्रदान गर्न सक्छौं। 

यस्तो चिज जो तपाईंको गोजीमाथि बोझ पनि नबनोस् र सजिलै पाउन सकियोस्।

बदामः बदाम प्रोटिनको राम्रो श्रोत हो। यसमा भरपूर मात्रामा मोनो–अनसेचुरेटेड फ्याट हुन्छ जसले मुटु रोगसँग लड्ने क्षमता प्रदान गर्छ। दैनिक पाँचदेखि सातवटा बदाम खानु स्वास्थ्यको लागि फाइदाकार हुन्छ। १ सय ग्राम बदाममा ५ सय ९७ किलो क्यालोरी हुन्छ। जसको पोषणको स्कोर ९७ प्रतिशत हुन्छ।

National life insurance

किशमिशः किशमिश स्वास्थ्यको लागि एकदमै फाइदाकारक हो। यो तीन रंगमा उपलब्ध हुन्छ। रातो, हल्का हरियो र कालो रंगमा पाइन्छ। यसको पोषक स्कोर ५१ प्रतिशत हुन्छ।

सी–फूडः यदि तपाईं मांशाहारी हो भने सी–फूड राम्रो श्रोत हो।

साइट्रस फलः कागति, मौसम, सुन्तला, कीनू र माल्टाजस्तो फल जो सधैं शरीरको लागि फाइदाकार हुने गर्छ। यसमा भिटामिन सी अधिक मात्रामा पाइन्छ। यस्तो फलमा खाना पचाउने क्षमता हुनुको साथै हाम्रो अनुहारको चमक बढाउन यस्तो फलले निकै मद्दत गर्छ। यसका साथै एसिडिटीको समस्या हुनेहरुको लागि साइट्रस फ्रूट रामबाण हो। यसमा सुन्तला सबैभन्दा महत्वपूर्ण मानिन्छ। यसको पोषण स्कोर ५१ प्रतिशत रहेको छ।

अनारः अनारमा राम्रो मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ। यसमा आइरन पनि भरपूर हुन्छ। दैनिक एउटा अनार खानाले हेमोग्लोबिनको कमी हुँदैन।

काँक्रा, तरबूजाः गर्मी बढेसँगै शरीरलाई धेरै मात्रामा पानीको आवश्यकता पर्छ। यस्तो यी फलहरुले शरीरमा पानीको साथै फाइबर पनि उपलब्ध गराउँछ। खरबुजा आँतको लागि फाइदाकारक हुन्छ भने यसले कब्जियतमा समेत फाइदा पुर्याउँछ। १ सय ग्राम खरबुजामा ३४ किलो क्यालोरी हुन्छ। यसको पोषक स्कोर ५० हो। तराईतिर पाइने काँचो सिंघाडामा पनि पानीको अधिक मात्रा पाइन्छ। यसले शरीरमा पानीको स्तरलाई बनाएर राख्छ।

काउली र ब्रोकाउलीः यो दुबै तरकारी स्वास्थ्यको लागि राम्रो मानिएको छ।

गाजरः गाजरलाई स्वास्थ्यको लागि रामवाण मानिएको छ। गाजरमा फाइबर, विटामिन ए र आइरन धेरै मात्रामा हुन्छ। गाजर रगत सफा गर्नमा मद्दत गर्छ।

अदुवाः मसलाको रुपमा प्रयोग हुने अदुवा शरीरको लागि निकै फाइदाकारक मानिएको छ। यसमा एन्टी अक्सिडेन्ट पाइन्छ। अदुवाको प्रयोग आयुर्वेदिक औषधिहरुमा धेरै गरिन्छ। कफ र घाँटीसम्बन्धी समस्यामा अदुवाको प्रयोग गरिन्छ। यसको प्रयोगले पाचन क्षमता राम्रो हुन्छ।
- बीबीसी हिन्दीबाट

प्रकाशित: Oct 06, 2023| 06:01 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्