आइतबार, जेठ २५, २०८२

मेवाः कति फाइदा, कति बेफाइदा?

 |  बिहीबार, असोज १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

vianetvianet

जनस्वास्थ्य विज्ञहरूले स्वस्थ जीवनका लागि खानामा पौष्टिक आहारको अपरिहार्यतालाई जोड् दिन्छन्। सही मात्रामा सही खानपान स्वास्थ्यका लागि निफै फाइदाजनक हुन्छ। स्वस्थ तथा पौष्टिक आहारले थुप्रै स्वास्थ्य समस्याबाट समेत जोगाउने गर्छ।

पौष्टिक आहारमा फलफूल तथा हरियो सागपातलाई बढी लिने गरिन्छ। स्वस्थ रहनका लागि फलफूलका  साथै हरियो सागपातको सेवन गर्न सुझाव दिने गरिन्छ। कुनै बिरामी हुँदा त डाक्टरले विशेष फलफूलको सिफारिस नै गर्छन्। 

यस्तो पौष्टिक आहारमा मेवा पनि एक हो। विशेषज्ञका अनुसार मेवा पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ। मेवाको सेवन कुनै अवस्थामा स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।

मेवालाई भिटामिन 'ए' को उपयुक्त स्रोत मानिन्छ। मेवामा भिटामिन ए का  साथै भिटामिन सी पनि पाइन्छ। मेवामा प्रचुर मात्रामा पानी, प्रोटीन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्शियम, फस्फोरस, आइरन आदि पाइन्छ। प्राकृतिक रुपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ।

कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ। विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ। अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ। उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ।

National life insurance

तर, गर्भावस्थामा भने मेवाको सेवन गर्नु हुँदैन। मेवामा लेटेक्स पाइन्छ। जसले पाठेघर साँघुरिने जोखिम हुन्छ। र, गर्भ पतन, प्रसव पीडा र बच्चालाई असहजता हुनसक्ने जोखिम हुन्छ। स्तनपान गराइरहेका महिलालाई पनि मेवाको सेवन नगर्न सुझाव दिने गरिन्छ। अधिक मेवाको सेवन जन्डिसको कारण बन्न सक्छ।

नाकमा समस्या भएका, दमका रोगी र स्वास सम्बन्धि समस्या भएका बिरामीले पनि मेवाको सेवन गर्नु हुँदैन। मेवाको अधिक सेवनले पत्थरीको जोखिम पनि रहन्छ। एक वर्षभन्दा कम उमेरका बालकालिकालाई पनि मेवाको सेवन गराउनु हुँदैन।         -अमर उजालाबाट

प्रकाशित: Oct 05, 2023| 05:28 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्