मंगलबार, वैशाख २९, २०८३

प्रतितोलामा १३०० ले घट्यो सुनको मूल्य

पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटेको महासंघको तथ्यांक।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– सुनको मूल्य एकै दिन प्रतितोलामा १३ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको हो।

National life

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा समेत उच्च अंकको गिरावट आएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटेको महासंघले जनाएको छ। गत साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो। आज निरन्तर घटेर प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो।

प्रकाशित: Oct 03, 2023| 11:47 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्