मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं, १० गुणा बढी पाऔं’ योजना

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं, १० गुणा बढी पाऔं’ योजना

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔँ, १० गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ।

Kumaribank

सिटी एक्सप्रेसले योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ लाख, हरेक हप्ता ५ जनालाई २५/२५ हजार साथै ६१ दिन लगातार १०० जना विजेतालाई जनही ५०० को वालेट टपअप उपहार दिनेछ। अन्त्यमा एक जना बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउनेछन्।

असोज १५ देखि मङ्सिर १५ गतेसम्म योजना लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी हुनेछन्। विजेता विद्युतीय प्रणालीद्वारा छनोट गरिने र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेसले १७ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। यसका देशभर २५ हजार भुक्तानी केन्द्र छन्।

प्रकाशित: Oct 02, 2023| 14:09 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्