मंगलबार, असोज ७, २०८२

सेयर बजार स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री महत

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन्।

Kumaribank

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन्। आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ। अहिले चिन्ताको विषय चाहिँ त्यही हो। कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ।’


मन्त्री महतले थपे, ‘बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ। त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्छ। यसैमा लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ।’

स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको मन्त्री डा. महतले औंल्याउनु भयो। उहाँले भन्नुभयो, पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ। यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन्।'

च्याट बट शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ। यसको सबैले उपयोग गर्नु हुनेछ।’

Metro Mart

लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेका मन्त्री डा. महतले जानकारी दिए।
 

प्रकाशित: Oct 02, 2023| 12:11 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्