शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

काठमाडौं– नेपालले युरोप गन्तव्य स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी भइरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।

triton college

तीन देशमध्ये रुवान्डा अफ्रिकी मुलुक, स्वीट्जरल्यान्ड युरोपेली र इन्डोनेसिया एसियाली मुलुक हो। तीन वटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले बताए।

क्यानाडाको मोन्ट्रियलमा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१औं महासभा अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको उनले जानकारी दिए।

नेपाल र स्वीट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयु भएको र अरू धेरै मुलुकसँग पनि एमओयु पाइप लाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

द्विपक्षीय हवाई सम्झौता अन्तर्राष्ट्रिय कूटनीतिको महत्त्वपूर्ण अंग पनि भएकाले यसलाई क्रमशः विस्तार गर्दै लग्ने सरकारको नीति छ।

National life insurance

प्रकाशित: Sep 29, 2023| 14:06 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्