शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

काठमाडौं– नेपाल राष्ट्र बैंकले दुई महिने अवधिमा सरकारको ४४ अर्ब २६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिने अवधिमा सरकारको ४४ अर्ब २६ करोड आन्तरिक ऋण उठाइदिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको हो।कार्यालयको तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो। 

राष्ट्र बैंकले पहिलो ३ महिनामा ५५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने तालिका बनाएको छ। सरकारले यो दुई महिने अवधिमा बाह्य ऋण ४ अर्ब ९७ करोड ३२ लाख प्राप्त गरेको छ। 

दुई महिने अवधिमा आन्तरिक ऋणको ३२ अर्ब ८३ करोड ३५ लाख र बाह्य ऋणको ५ अर्ब ८८ करोड २६ लाख साँवा भुक्तानी भएको कार्यालयको विवरणमा उल्लेख छ। 
सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब ८६ करोड ९६ लाख पुगेको छ। 

यो अवधिमा १० अर्ब ५१ करोड ७१ लाख सार्वजनिक ऋण थपिएको देखिएको छ। नेपालको गत असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख थियो। ऋणको ब्याज भुक्तानीका लागि मात्रै दुई महिनामा ११ अर्ब ६ करोड ४८ लाख खर्च गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Sep 29, 2023| 13:33 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्