मंगलबार, वैशाख २९, २०८३

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।
 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं– राष्ट्र बैंकले आगामी १५ असोजमा १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।

National life

विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको बैंकले १४ असोजमा ऋणपत्रको बोलकबोल हुने जनाएको छ। इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन बैंकले सूचना जारी गरेको छ। 

१५ असोज २०८० मा बिक्री हुने ऋणपत्र आगामी १५ असोज २०८८ मा परिपक्व हुनेछ। ऋणपत्रको ब्याज प्रत्येक ६÷६ महिनामा भुक्तानी गरिने राष्ट्र बैंकलेब बताएको छ।

कुुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख बिनाप्रतिस्पर्धा बिक्री गरिनेछ।

खरिदकर्ताले घटीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: Sep 29, 2023| 12:48 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्