शनिबार, असार २७, २०८३

जावलाखेलमा कात्तिक तीन गतेसम्म जुत्ताचप्पल मेला

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

ललितपुरको जावलाखेलमा जुत्ताचप्पल व्यापार मेला भइरहेको छ।  नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना गरेको हो।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित शुरु भएको मेला कात्तिक ३ गतेसम्म चल्नेछ। स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको मेला संयोजक होमनाथ उपाध्यायले बताए।

मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि उनले बताए। तीन लाख जनाभन्दा धेरैले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको छ। बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने मेलामा जान पैसा तिनु पर्दैन। मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल छन्।

प्रकाशित: Sep 29, 2023| 11:38 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्