शुक्रबार, असार १३, २०८२

इसेवाले ल्यायो आकर्षक उपहार जित्ने अफर

 |  बिहीबार, असोज ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

vianetvianet

इसेवाले आकर्षक उपहार जित्ने एउटा अफर ल्याएको छ। अफरमार्फत इसेवा क्यूआर मर्चेन्टहरूले ५०० रुपैयाँसम्मको टप–अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन्।

यो अफर मंसिर १४ सम्म चल्ने बताइएको छ। अफरमार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीले इसेवाबाट प्राप्त बिजनेस क्यूआरमार्फत भुक्तानी लिएको हुनुपर्ने छ। व्यवसायीले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै एक सय रुपैयाँ वा सो भन्दा बढीको ३ वा बढी कारोबार क्यूआरमार्फत प्राप्त गर्दा १० देखि पाँच सय रुपैयाँसम्मको टप–अप प्राप्त गर्न सकिने छ।

साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्ने कम्पनीको भनाइ छ। इसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्।

साथमा, इसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्टमार्फत सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: Sep 28, 2023| 16:33 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्