मंगलबार, वैशाख २९, २०८३

नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो मोबाइल एप

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेवालाई सरल र सहज बनाउन स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ। कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले एपको शुभारम्भ गरिन्।

National life

एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्वन्धि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्तालाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धतासहित एप ल्याएको बताए। उनका अनुसार एपको माध्यमबाट अभिकर्ता र ग्राहकले छिटो सेवा पाउनेछन्।

कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले एपबाट अभिकर्ताले आफ्नो लगायत आफ्ना बीमितहरुको बीमालेख सम्वन्धमा आवश्यक जानकारी पाउने बताए। कम्पनीका बीमितहरुले एपमार्फत बीमा शुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने उनले जानकारी दिए।

 

प्रकाशित: Sep 28, 2023| 16:29 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्