मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइमएई ग्रुपले १० अर्बमा डिज्नील्याण्ड बनाउने, चिनियाँ कम्पनीसँग सहकार्य

आइमएई ग्रुपले १० अर्बमा डिज्नील्याण्ड बनाउने, चिनियाँ कम्पनीसँग सहकार्य

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

आइएमई ग्रुपले चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) सँगको प्राविधिक सहयोगमा ठूला पर्यटकीय गन्तव्य विकास गर्ने भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चीनको सांघाइ डिज्नील्यान्डजस्तै थिम पार्क बनाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो।

National life

चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक)को सब्सिडियरी हो। यसले इन्जिनियरिङको डिजाइन, निर्माण तथा कन्सल्टिङको काम गर् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम पनि यही कम्पनीले गरेको थियो, जुन निर्धारित मितिमै सम्पन्न भएको थियो। विश्वभरि नै उसले सयौं पूर्वाधार तथा उद्योगहरु निर्माणको काम गरेको छ।

नेपालमा विश्वस्तरका पर्यटकीय गन्तव्यहरु केबलबार, थिम पार्कलगायत तथा उद्योग, पूर्वाधार र सूचना प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने गरी सम्झौता भएको आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए। यो सम्झौताले दुई कम्पनीसँग रहेको अनुभव र विशेषज्ञता आदान प्रदानमार्फत परियोजनाको इन्जिनियरिङलगायत गतिविधि सञ्चालन गरिने पनि उनले बताए ।

चीनको सांघाइस्थित डिज्नील्याण्ड थिमपार्क जस्तै नेपालमा पनि यही मोडलको थिमपार्क बनाउने आईएमईको योजना छ। ‘पहिलो चरणमा ठूलो आकारमा थिम पार्क बनाउने छौं, यो पार्क सांघाइ डिज्नील्याण्ड वा सिंगापुरको सान्तोसा आइल्यान्डजस्तै किसिमको हुनेछ,’ हस्ताक्षरपछि ढकालले भने।

यो परियोजनामा प्राविधिक सहयोग चिनियाँ कम्पनीले गर्ने तथा लगानी आईएमसी समूहले गर्ने गरी सम्झौता भएको हो। थिम पार्क निर्माणको प्रारम्भिक काम सुरु भएको ढकालले बताए।

 

प्रकाशित: Sep 28, 2023| 16:26 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्