शुक्रबार, असार १३, २०८२

हुन्डाई कोना जीएल सार्वजनिक, सुरुवाती मूल्य ६० लाख

 |  बिहीबार, असोज ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

vianetvianet

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना जीएल इलेक्ट्रिक सार्वजनिक गरेको छ। कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहने जनाएको छ।

कोना ईभीको इन्ट्री भेरियन्ट- जीएल ५९ लाख ९६ हजार र जीएल- एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ। विद्युतीय गाडीको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रिक मोडल कोनाको जी एल भर्सन ल्याएको हो।

नेपालमा सफल कोना इलेक्ट्रिक एउटा सफल क्रसओभर ईभी हो। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ। नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ। नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी यसमा भएको मुख्य परिमार्जन हो।

हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङजस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ। जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्ने छ।

ब्याट्रीको लेआउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरि कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको छ। जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्ने कम्पनीको भनाइ छ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।

हुन्डाई कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्चस्तरीय बनाउने दाबी कम्पनीको छ। नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लू तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुनेछ।

 

प्रकाशित: Sep 28, 2023| 16:13 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्