बुधबार, असोज ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • साढे २ खर्ब बढी पुग्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

साढे २ खर्ब बढी पुग्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

एक वर्षमा ३७ अर्ब वैदेशिक लगानी थपिएको राष्ट्र बैंकको तथ्यांक।
 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ भदौ मसान्तसम्म नेपालमा २ खर्ब ६४ अर्ब ३२ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्यांक सार्वजनिक गरेको छ।

Kumaribank

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार नेपालमा गत आवमा करिब ३७ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी बढेको छ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भएको यस्तो लगानी २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा १ खर्ब ९८ अर्ब ५२ करोड थियो।

पछिल्ला चार वर्षमा १ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी बढेकोमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३७ अर्ब बढेको हो।

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा यस्तो लगानी १ खर्ब ८२ अर्ब ९१ करोड थियो। नेपालमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड लगानी रहेको सर्वेक्षणमा उल्लेख छ।

Metro Mart

त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

सबैभन्दा बढी लगानी औद्योगिक क्षेत्रमा ६२.६ प्रतिशत र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको छ। वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित: Sep 28, 2023| 10:52 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्