शनिबार, मंसिर २३, २०८०

नेपाल र मंगोलियाको खेलमा कीर्तिमानै-कीर्तिमान

 |  बुधबार, असोज १०, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज बिहान सम्पन्न नेपाल र मंगोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो। 

sagarmatha cement

नेपालले बनाएको ३१४ रनको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो। यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थियो। उक्त खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो। 

नेपालको विशाल योगफल बनाउने क्रममा कुशल मल्लले पनि नयाँ कीर्तिमान कायम गरेका छन्। उनी टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। उनले ३४ बलमै शतक प्रहार गरेका थिए। कूल ५० बल खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे। 

यसै खेलमा दीपेन्द्र सिंह ऐरीले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन्। उनले ९ बल खेल्दै ५० रन बनाएका थिए। ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन्। यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए। 

कुशल टी२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। मल्लले १९ वर्ष २०६ दिनको उमेरमा शतक प्रहार गरेका हुन्। सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान भने गुस्तव मेक्कोनको नाममा छ।

Metro Mart
worldlink

साथै टी२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन अन्तरले पराजित गर्ने कीर्तिमान नेपालले बनाएको छ। नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ। यसअघि यो कीर्तिमान चेक रिपब्लिकले राखेको थियो। चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गरेको थियो।

आजको खेलमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन्। उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन्। दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन्। यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए। 

नेपालले मंगोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ। यसअघि सन् २०१९मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध, यसै वर्षको सुरुवातमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो।

 

प्रकाशित: Sep 27, 2023| 12:45 बुधबार, असोज १०, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्