काठमाडौं- नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको हो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय ८५ रुपैयाँ कायम भएको छ।