शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारले आचारसंहिता पालना नगरे पेसा नै संकटमा पर्छ : काउन्सिल अध्यक्ष बस्‍नेत

पत्रकारले आचारसंहिता पालना नगरे पेसा नै संकटमा पर्छ : काउन्सिल अध्यक्ष बस्‍नेत

 |  मंगलबार, असोज ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

vianetvianet

काठमाडौं- नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्‍नेतले पत्रकारहरुले आचारसंहिता पालना नगरे पेसा नै संकटमा पर्ने बताएका छन्। 

triton college

अध्यक्ष बस्‍नेतको अभिव्यक्तिमा समर्थन जनाउँदै पत्रकार आचारसंहिताको उल्लंघन नहुने गरी पत्रकारिता गर्ने नयाँ अनलाइनका सम्पादक-प्रकाशकले प्रतिबद्धता जनाएका छन्। सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरू केन्द्रित हुने प्रेस काउन्सिल नेपालसमक्ष दृढतासमेत राखेका हुन्। 

काउन्सिलद्वारा मंगलबार राखिएको ३१ औँ पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षापछि उनीहरूले यस्तो प्रतिबद्धता र दृढता जनाएका हुन्।अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमित अभिमुखीकरणसहित अनुगमन गर्दै आएको छ। 

अभिमुखीकरण कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ सञ्चार माध्यम सञ्चालनमा आउनुमात्र ठुलो कुरा नभएको भन्दै जनमानसको विश्वास जित्न नसके सिङ्गो पेसा नै सङ्कटमा पर्नेतर्फ सचेत हुनुपर्ने बताए। ‘हामीले नयाँ मिडिया दर्ता गर्‍यौँ। अब जसरी अघि बढे पनि हुन्छ भन्ने नसोच्नुहोला। जिम्मेवारी झन् बढेको छ, आजैबाट जनताको मन जित्ने, विश्वास जित्ने गरी समाचार लेख्न सक्नुपर्छ। होइन भने दुखका दिन सुरु हुन्छन्’ उनले भने। 

पत्रकारिताका आधारभूत मूल्य, मान्यता र आचारसंहिताको बन्धनभित्र रही पत्रकारिता गरे सफल भइ पेसा पनि मर्यादित हुने उल्लेख गरे। अभिमुखीकरणमा विषयविज्ञ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले बालमैत्री, अपाङ्गतामैत्री, महिला सञ्चार र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाबारे जानकारी गराए। 

National life insurance

उनले कनिष्ठ, वरिष्ठ र आचारसंहिता एवं पत्रकारिताको मूल्य मान्यताबारे खासै जानकारी नभएका गरी अनलाइन माध्यममा तीनखाले प्रवृत्ति देखिएको बताउँदै भने, ‘तीन प्रवृत्तिमध्ये पहुँचको आधारमा विज्ञापन कब्जा गरी अनलाइन मिडिया चलाउन खोज्ने प्रवृत्तिले चुनौती बढाएको छ।' ३५ वटा अनलाइन माध्यमका सञ्चालक-सम्पादक सहभागी अभिमुखीकरणको सहजीकरण सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए। 

प्रकाशित: Sep 26, 2023| 19:07 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्