शुक्रबार, वैशाख २६, २०८२

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।
 |  मंगलबार, असोज ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

vianetvianet

काठमाडौं– सरकारले चाडपर्व लक्षित सुपथ, मूल्यका पसल आगामी २१ असोजदेखि ३ मंसिरसम्म सञ्चालन गर्ने भएको छ। उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु उपलब्ध गराउन चाडवाड अवधिभर सुपथ मूल्यका पसल खुलाइन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका हुन्।

triton college

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य लिइएको उनको भनाइ छ।

चाडबाडका समय उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ। सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमास तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँ सस्तोमा बिक्री वितरण हुनेछ। त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनु र उवा र जिउँदो खसी, बोका तथा च्यांग्र्रामा प्रतिकिलो १० छुट दिइनेछ।

यस वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ। साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड छुट्याएको छ। 

National life insurance

साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो २ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिनेछ।

प्रकाशित: Sep 26, 2023| 17:03 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्