शुक्रबार, वैशाख २६, २०८२

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो।
 |  मंगलबार, असोज ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

vianetvianet

भोजपुर– जिल्लाको बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक कालोपत्रे गरिएको तीन महिनामै भत्किएको छ। सडक भत्किएर आउजाउमा समस्या भएपछि स्थानीय आक्रोशित भएका छन्। बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो। 

triton college

छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले आवाज उठाएका छन्।ठेकेदार राम पौडलेले काममा लापारबाही गरेको स्थानीयको भनाइ छ। स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन्।

कालोपत्रे भएको सडक भत्किएर आउजाउमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उनको भनाइ छ।

‘स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ। सडक कालोपत्रे भएको छोटो समयमै भत्किएको अवस्था छ। सडक तोकिएको मापदण्डअनुसार बनेको छैन। सडकको अवस्थाबारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु’, प्रजिअ घिमिरेले भने।सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक÷पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ। 

सडक निर्माणमा ठेकेदारले लापरबाही गरेको भोजपुर नगरपालिका–५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए।‘सडक कालोपत्रे भएको तीन महिनामै भत्किएको छ। सडक भत्किएर आवतजावतमा समस्या छ। मैले नै सडकको यो अवस्था हेर्न नसकेर सरोकारवाला पक्ष बोलाएर अनुगमन गराएको हुँ। राज्यको पैसाको चरम दुरुपयोग भएको छ, गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ’, वडाध्यक्ष फुँयालले भने।

National life insurance

यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत सरकारको भ्याटसहित करिब साढे १० करोड लागतमा निर्माण भएको कार्यान्वयन इकाइका कामु आयोजना व्यवस्थापक वीरबहादुर रावलले जानकारी दिए।सडक बिग्रिए एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ।

सडकलाई तत्काल मर्मत गर्न पत्राचार गर्ने उनले जानकारी दिए।सडकमा बिच्छ्याइएको सव–बेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्रे गरेको स्थानीयको आरोप छ। तीन महिना बितिसक्दा पनि कालोपत्रेको क्रममा बिच्छ्याइएको गिट्टी नउँठाउदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय धनबहादुर थापाले बताए।–रासस

प्रकाशित: Sep 26, 2023| 16:13 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्