शुक्रबार, वैशाख २६, २०८२

हेयर केयरलाई सघाउने ट्रुमीका सात उत्पादन

 |  सोमबार, असोज ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

vianetvianet

काठमाडौं- अमेरिकी प्रविधिबाट उत्पादित छाला तथा हेयर–केयर सामग्री ट्रुमीले ‘प्रोडक्ट रिभ्यू नोट’ जारी गर्दै यसका उत्पादनहरुको विशेषताबारे प्रकाश पारेको छ। नेपालका लागि ट्रुमीको आधिकारिक विक्रेता कम्पनी ट्रु डेर्मा एसएले जारी गरेको ‘रिभ्यू नोट’मा ट्रुमीका स्किन तथा हेयरकेयर प्रोडक्टहरुलाई सिनियर ब्युटिसियन र डेर्माटोलोजिस्टले समेत प्रशंसा गरेका छन्।

triton college

ट्रुमीले बजारमा हेयर केयरका सात महत्वपूर्ण सामग्रीहरु ल्याइसकेको छ। जसमा कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ पर्छ। सल्फेट नभएको यो स्याम्पोले कपाल झर्ने समस्याको मात्र समाधान गर्दैन, कपाललाई स्वस्थ राख्न र लामो बनाउन मद्दत गर्छ। ८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्ने दाबी गरिएको छ।

'सबैलाई आफ्नो कपाल मूलायम होस् भन्ने चाहना हुन्छ। त्यसका लागि ट्रुमीको केराटिन हेयर सिरम उपयुक्त छनौट हुनसक्छ। यसले कपालका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ। यसको प्रयोगले कपाल स्पर्श गर्दा नै आनन्ददायक बनाइदिन्छ। १०० मिलिलिटरको बोतलमा उपलब्ध केटारिन हेयर सिरमले खस्रो र सुख्खा कपाल मुलायम राख्छ,' कम्पनीले भनेको छ।

हाम्रो कपालमा प्राकृतिक रूपमा नै केराटिन नामक प्रोटिन पाइन्छ। त्यही केराटिनको शक्तिलाई ‘ट्रुमी केराटिन हेयर रिबोन्डिङ’नामक सामग्रीले अझ सबल बनाइदिन्छ। नवीनतम फर्मुलाका आधारमा तयार गरिएको यो उत्पादनको प्रयोगले कपाललाई नरम र सीधा बनाउँछ। केराटिनको कमीका कारण कपालमा निम्तिने सुख्खापन लगायतका समस्या आउँछन्। केराटिन हेयर रिबोन्डिङको प्रयोगले लट्टा पर्ने समस्या पनि कमी गरिदिन्छ।

हेयर–केयरका सन्दर्भमा ‘ट्रुमी हेयर ब्लिच पाउडर’ ले पनि उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। गोल्डेन र सेतो रङमा उपलब्ध यो हेयर ब्लिचिङ पाउडर विशेषगरी कपालको लिफ्ट बढाउन र झर्ने समस्या निराकरणका गर्न तयार पारिएको उत्पादन हो। ४०० ग्रामको प्याकमा उपलब्ध यो पाउडरमा लाइटनिङ एजेन्टकोको प्रयोग गरिएको छ।

National life insurance

हेयर ब्लिचिङ पाउडर र हाइड्रोजन पेरोक्साइडको सम्मिश्रणबाट तयार गरिएको ट्रुमीको अर्को उत्पादन ‘ट्रुमी डेभलपर’ कपाल लाइटनिङ गर्नका लागि प्रयोग हुन्छ। ३ देखि १२ प्रतिशतसम्मको अनुपातमा कपाल लाइङटिङ गर्न मिल्ने यो सामग्री एक हजार मिलिलिटरमा उपलव्ध छ। हानिकारक तत्व नभएको यो सामग्री त्यत्तिकै सुगन्धित पनि छ।

कम्पनीका अनुसार प्राकृतिक रूपमा नै कपालमा पाइने  प्रोटिनयुक्त तत्वको केराटिनको शक्ति बढाउन ‘ट्रुमी केराटिन ट्रिटमेन्ट स्पा’ उपयोगी छ। यसमा पर्याप्त मात्रामा भएको कपालका लागि आवश्यक पोषक तत्व र भिटामिनले कपाललाई मुलायम राख्नका साथै कपाल बिग्रने समस्याबाट मुक्ति दिन्छ।  ५०० र १००० मिलिलिटरमा उपलब्ध यो केराटिन ट्रिटमेन्ट स्पाले कपालमा देखिने धेरै समस्यालाई न्युनिकरण गर्न सहयोग पुर्याउँछ।

शरीरमा आउने अनावश्यक रौँहरू हटाउन नसकेर दिक्क हुनुहुन्छ ? यदि त्यसो हो भने ‘ट्रुमी हेयर वाक्स’ नै तपाईंका लागि अन्तिम समाधान हो। रौँ आएको ठाउँको छालालाई उतिकै राम्रो बनाउँदै रौँहरू हटाउन प्रभावकारी हुनेगरी यो प्रडक्ट तयार गरिएको छ। यो हेयर वाक्स ६०० र ८०० ग्रामको प्याकेटमा उपलब्ध छ।

प्रकाशित: Sep 25, 2023| 13:25 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्