आइतबार, जेठ २४, २०८३

पद्मश्री पुरस्कार 'मनु' लाई, वात्सायनलाई साधना सम्मान

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं- खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने २०७९ को पद्मश्री पुरस्कार आख्यानकार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ ले प्राप्त गरेको छ। पुरस्कारको अन्तिम पाँच सूचीमा ‘मनु’ सहित ‘ऐंठन’, 'शून्यको मूल्य’ र ‘मफलर’ थिए ।

National life

प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक-सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।’

त्यस्तै प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साधना सम्मान वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ ।

सबै पुरस्कारको राशी तीन लाख रुपैयाँ छ। कोजाग्रत पूर्णिमाको दिन पुरस्कार वितरण गरिनेछ।

प्रकाशित: Sep 25, 2023| 12:19 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।