आइतबार, कात्तिक १६, २०८२

एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं-  चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने छ। नेपाल र जापानबीचको खेल साँझ सवा ५ बजे सुरु हुनेछ।

Kumaribank

महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो। यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो।

नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो।

समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। उक्त समूहमा जापान शीर्ष स्थानमा रहेको छ। यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ।

प्रकाशित: Sep 25, 2023| 09:53 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्