बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपाली नागरिकता लिएको आरोपमा भारतको बिहारका एकजना पक्राउ

नेपाली नागरिकता लिएको आरोपमा भारतको बिहारका एकजना पक्राउ

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

vianetvianet

काठमाडौं- नेपालको नागरिकता लिएको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाल रहेका छन्।

उनले रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ। उनले रौतहटको साविकको सरमुजवा गाविस वडा नम्बर ९ बाट नेपाली नागरिकता लिएका थिए।

प्रहरीका अनुसार नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिरहेका थिए। उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमतिपत्रसहितका कागजात फेला परेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 24, 2023| 19:41 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्