आइतबार, वैशाख १३, २०८३

 डेबिड र विवेकलाई तारकेश्वर मेयर कप ब्याटमिन्टनको उपाधि

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

काठमाडौं- पहिलो संस्करणको तारकेश्वर मेयर कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि डेबिड थापामगर र विवेक चौधरीको जोडीले जितेको छ। 

National life

आइतबार सम्पन्‍न प्रतियोगितामा ससिन डंगोल र सुमन शाक्यको जोडीलाई हराउँदै थापा मगर र चौधरीको जोडिले उपाधि जितेको हो। त्यस्तै अनिल मल्ल र नरेन्द्र बमको जोडी तेस्रो भयो। दुई वर्गमा बिभाजन गराएर खेलाइएको प्रतियोगितामा ‘बी’ वर्गतर्फको पहिलो हुने जोडीले ५० हजार रुपैया पाउँदा दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार प्राप्त गरे। 

धर्मस्थली ब्याटमिन्टन एसोसियनसनले आयोजना गरेको प्रतियोगितामा दुई वर्गमा १०३ जना खेलाडीले सहभागिता जनाएका थिए। त्यस्तै ‘सी’ वर्गतर्फ टंक प्रसाद जुग्जाली र प्रवेश मगरको जोडी प्रथम भयो। त्यस्तै लोक लामा र कुमार बिकको जोडी दोस्रो हुँदा लक्ष्मण सुनुवार र प्रविन सुनुवारको जोडी तेस्रो भयो। 

‘सी’ वर्गतर्फ प्रथम हुनेले ३० हजार प्राप्त गर्दा दोस्रो हुनेले १५ हजार र तेस्रो हुने जोडीले १० हजार प्राप्त गरे। धर्मस्थली ब्याडमिन्टन एशोसियसनको आयोजनामा भएको प्रतियोगिता आठ दिनसम्म चलेको थियो। प्रतियोगिताको समापन गर्दै तारकेश्वर नगरपालिकाका मयेर श्री कृष्ण महर्जनले यस्तो प्रतियोयगिता आगामि दिनमा पनि गर्ने बताएका छन्। 

यता धर्मस्थली ब्याटमिन्टनका अध्यक्ष विजय श्रेष्ठले यस्तो खाले प्रतियोगिता आयोजन ागर्ने मौका दिएकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरे। प्रतियोगिताको मुख्य प्रयाजकमा नेपाल एस।वि, आई बैंक र राष्ट्रिय बाणिज्य बैंक रहेको थियो। भने सह प्रायोजकमा कृषि विकास बैंक रहेको थियो।

kumari

प्रकाशित: Sep 24, 2023| 18:09 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्