मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोकाकोलाका डिस्ट्रीब्युटरले ग्लोबल आइएमई बैंकबाट सजिलै कर्जा पाउने

कोकाकोलाका डिस्ट्रीब्युटरले ग्लोबल आइएमई बैंकबाट सजिलै कर्जा पाउने

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता गरिएको छ।

National life

सम्झौता कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादनहरू खरिद गर्न आधिकारीक डिष्ट्रिब्युटर्सलाई आवश्यक पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा दिनेछ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का आधिकारिक डिष्ट्रिब्युटर्सले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा पाउने सम्झौतामा उल्लेख गरिएको छ।

सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथलगायत दुवै संस्थाका अधिकृतहरूको उपस्थिति थियो।

 

प्रकाशित: Sep 24, 2023| 17:34 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्