बुधबार, असोज ८, २०८२

‘यामाहा राइड टु मोटोजीपी’ टोली भारत प्रस्थान

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

नौजना यामाहा प्रशंसक र उत्साही बाइकर साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन्।

Kumaribank

यस बहुप्रतिक्षित इभेन्ट २४ सेप्टेम्बर २०२३ मा बुद्ध सर्किट नोएडामा हुने तय गरिएको छ। राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ र २७ सेप्टेम्बरमा उही बाटो भएर काठमाण्डौ फर्किनेछ।

रेसिङ गतिविधीहरुको पर्यायका रुपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रवर्द्धन गर्न निरन्तर रुपमा काम गरिरहेको छ। आफ्नो उद्देश्यअनुरुप नै यामाहाले रेसिङ स्पोर्ट्सलाई प्रतिविम्बित गर्ने धेरै इभेन्टसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धनसमेत गरेको छ। यस रफ्तारलाई अगाडि बढाउँदै यामाहा नेपालले यामाहा मालिकहरुलाई दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गरी जीवनभरका लागि अविष्मरणीय अनुभव प्राप्त गर्नका लागि आह्वान गरेको थियो।

यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन, बरु खुला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरुको जोशलाई उत्सवका रुपमा पनि मनाउने कम्पनीको दाबी छ। छानिएका राइडरहरुमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का छन् भने मार्सलका रुपमा प्रमोद श्रेष्ठ छन्।

मोटोजीपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरुसहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनसिपमध्ये एक हो। रेसिङको दुनियाँमा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधैँ अग्रभागमा रहँदै आएको छ।

Metro Mart

 

प्रकाशित: Sep 24, 2023| 17:32 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्