मंगलबार, पुस १, २०८२

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

आइसर गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लुले देशका ११ स्थानलाई समेटी अयोजना गरेको मेगा सर्भिस क्याम्प सम्पन्न गरेको छ। सो सर्भिस क्याम्पबाट २ हजार ग्राहकले लाभ लिएको कम्पनीले जनाएको छ। क्याम्प भदौ १७ देखि २९ सम्म संचालन भएको थियो।

National life

तेह्र दिनसम्म चलेको क्याम्प निकै फलदायी भएको कम्पनीले जनाएको छ। कम्पनीले मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई जेन्यूइन पार्ट्समा६ महिनासम्म वारेन्टी प्रदान गरेको थियो।

नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्यासित मर्मतको सुविधा पनि आइसरले ग्राहकलाई प्रदान गरेको छ। बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा सञ्चालन हुने पनि क्याम्पमा जानकारी गराइएको छ। बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको जनाएको छ।

 

प्रकाशित: Sep 24, 2023| 17:31 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्