आइतबार, मंसिर १७, २०८०

बससेवाको अनलाइन बस टिकट अबदेखि भाइबरबाट

 |  आइतबार, असोज ७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ। बससेवा ट्राभल्स र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो।

sagarmatha cement

सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबरका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे। सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिने बताइएको छ।

यात्रुहरूले भाइबरबाटै सहजै टिकट बूकिङ गर्न सक्नेछन्। सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी पि.आर खनालले भने, ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौँँ।’

उनले यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउने विश्वास रहेको समेत बताए। बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो।

बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ। साथै बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: Sep 24, 2023| 17:30 आइतबार, असोज ७, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लगानी सम्मेलनमा के 'सोकेस' गर्दैछ नेपाल ?

लगानी सम्मेलनमा के 'सोकेस' गर्दैछ नेपाल ?

अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला भन्नेमा चासो र आशंका देखिएको छ।