आइतबार, मंसिर २८, २०८२

सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो।

National life

सबै प्रदेशका पालिकामा अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ। कर्पोरेट कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम कोशी प्रदेशअन्तर्गत इलामको माईजोगमाई र फाकफोकथुम गाउँपालिका, मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनिया र मुखियापट्टी मुहरनिया गाउँपालिका, पर्साको पर्सौनी र सिरहाको अर्नमा गाउँपालिकामा सम्पन्न गरिएको थियो।

त्यसैगरी बागमती प्रदेशमा मकवानपुरको थाहा नगरपालिका, गण्डकीमा कास्कीको मादी र तनहुँको ऋषिङ गाउँपालिका, कर्णालीमा दैलेखको गुराँस र सुर्खेतको बराहताल गाउँपालिका, सुदूरपश्चिम प्रदेशमा कैलालीको बर्दगोरिया र कैलारी गाउँपालिकामा कार्यक्रम गरिएको थियो।

ती कार्यक्रममा स्थानीय तहमा बीमाको पहुँच र चेतना बढाउन स्थानीय पालिका र बीमा कम्पनीबीच समन्वयकारी भूमिकाको विषयमा छलफल भएको छ। स्थानीय सहकारी, विद्यालय तथा सरोकारवालासँग जीवन बीमाको आवश्यकता र फाइदा एवं यसले दिन सक्ने आर्थिक सुरक्षाको प्रत्याभूतिबारे अन्तरक्रियासमेत भएको कम्पनीले जनाएको छ।

छैटौं वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्टेशनरी, खेलकुद सामग्री वितरण गरिएको छ। बालबालिकाको लागि विद्यालयहरुमा आधुनिक पानी फिल्टर जडान गरिएको छ। सो अवधिमा विभिन्न बृद्धाश्रम र गुरुकुलहरुमा खाद्यान्न पनि वितरण गरिएको थियो। त्यसैगरी, स्वास्थ्य संस्थालाई ह्विल चेयर तथा अन्य स्वास्थ्य सेवा सामग्री हस्तान्तरण गरिएको छ।

Laxmi sunrise bank
kumari

मानसिक सन्तुलन गुमाएका बालबालिका रहेको बालगृहमा न्यानो कपडा र मानव सेवा आश्रमका आश्रितलाई खाद्यान्न वितरण गरिएको छ। केही स्थानमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दुई साताव्यापी कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना अभिकर्ता राजु कर्माचार्यको शब्द, स्वर र संगीत रहेको गीत असोज ६ गते सार्वजनिक गरेको छ। सो अवसरमा कम्पनी स्थापनाकालदेखि कार्यरत कर्मचारी उत्तम अर्याल, सर्वोत्कृष्ट व्यवसाय प्राप्त गर्ने कर्मचारी रामसिंह बस्नेत तथा कम्पनीको तर्फबाट विज्ञताको आधारमा नियमनकारी निकायमा मनोनित भएका कर्मचारी रञ्जु लम्साललाई सम्मान गरिएको छ।

कम्पनीले यसबीचमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने शेयरधनी, कर्मचारी, बीमित, अभिकर्ता, नियमनकारी निकाय र सम्बन्धित सबै सरोकारवालामा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रकाशित: Sep 24, 2023| 17:28 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्