मंगलबार, वैशाख २९, २०८३

दोहोरो अंकले घट्यो नेप्से

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

National life

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर दुई हजार दस दशमलव ३५ अंक कायम भएको छ।
 
आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता सेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको कारोबार भएको छ। लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह एक दशमलव ९८ प्रतिशत र व्यापार समूह एक दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ। आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 
स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको सेयर मूल्यमा दस प्रतिशतले वृद्धि देखिएको हो। 

शुभम् पावर लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: Sep 24, 2023| 15:42 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्