शनिबार, असार २७, २०८३

राष्ट्र बैंकले ल्यायो चाँदीका दुई सिक्का

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीको सिक्का ल्याएको छ। यो सिक्का १० र २५ ग्राममा उपलब्ध छ। १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय र २५ ग्रामको चार हजार रूपैयाँ तोकिएको छ।  

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यी सिक्का सार्वजनिक गरेका छन्। यी चलनचल्तिका नभई मेडालियन सिक्का हुन्।

दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई 'मेडालियन' भनिन्छ। दसैं तिहारजस्ता चाडपर्वमा यस्तो सिक्काको माग धेरै हुन्छ। मागको आधारमा यसलाई निरन्तरता दिइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

प्रकाशित: Sep 24, 2023| 15:24 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्