सोमबार, मंसिर २५, २०८०

एसियाडका लागि क्रिकेट टोली चीनतिर, पहिलो खेल मंगोलियासँग

 |  आइतबार, असोज ७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

नेपाल क्रिकेट संघ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ।

sagarmatha cement

क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मंगोलियासँग खेल्ने छ।

त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ। एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन्। ललित राजवंशीले भने चोटका कारण प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।     

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले आफ्नो टोलीले राम्रो अभ्यास गरेको भन्दै प्रतियोगितामा मेडल जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए।

प्रकाशित: Sep 24, 2023| 12:21 आइतबार, असोज ७, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्