आइतबार, असार १, २०८२

एसियाडमा नेपालको निराशाजनक सुरुवात

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

vianetvianet

चीनको हाङ्झाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालको सुरुवात निराशाजनक भएको छ। सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिसा भण्डारी ४७औं र सुशील नेपाल सुस्मिता भण्डारी ५८औं स्थानमा रहे। यो इभेन्टमा ५९ खेलाडी सहभागी थिए।

इस्पोर्ट्अन्तर्गत इफुटबलमा नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २-१ ले पराजित भए। तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ अन्तिम १६ को खेलमा सिंगापुरकी खेलाडीसँग पछि पारिन्। पुरुषतर्फ भने प्रेमबहादुर लिम्बूभने फिलिपिन्सका खेलाडीसँग अन्तिम ८ मा पराजित भए। त्यसअघि उनले अन्तिम १६ मा पाकिस्तानका खेलाडी पराजित गरेका थिए।

जुडोको अन्तिम १६ मा तुर्कमिनिस्तानका खेलाडीसँग पराजित भए। यस्तै देवकी श्रेष्ठ पनि मंगोलियाको खेलाडीसँग र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित भए।

आयोजक चीनले पहिलो स्वर्ण जित्न सफल भएको छ। चीनले आइतबार रोइङबाट पहिलो स्वर्ण भित्र्याएको हो। चीनका जु जियाकी र किउ सिउपिङले लाइटवेट महिला डबल्स स्कल्सको उपाधि जितेका हुन्।

चीनले आइतबार बिहानी सत्रमा १० स्वर्ण पदक भित्र्याइसकेको छ। चीनले रोइङबाटै ६ स्वर्ण भित्र्याएको छ।

कोभिड-१९ का कारण एक वर्ष ढिलो भएको पूर्वी चीनको हाङ्झाउ सहरमा जारी खेलकुदमा ४५ राष्ट्रका करिब १२,४०० खेलाडीहरूले ४० खेलमा ४८१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

 

प्रकाशित: Sep 24, 2023| 11:44 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्