बुधबार, जेठ ९, २०८१

साताको सेयर बजार

७ अर्ब बढीको धितोपत्र खरिद–बिक्री

यो साता कुल चार दिनको कारोबारमा ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको हो।
 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

काठमाडौं– यो साता सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अंकले घटेर बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ। यो साता कुल चार दिनको कारोबारमा ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको हो।

triton college

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा साताकोे कारोबारको पहिलो दिन आइतबार कुल दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर २ अर्ब दुई करोड ८४ लाख ६५ हजार ६१० मूल्य बराबरमा खरिद बिक्री भएको छ।

आइतबार नेप्से परिसूचक ४२ दशमलव १४ अंकले घटेर एक हजार ९६४ दशमलव ९१ अंकमा आएको थियो। त्यस्तै, दोस्रो दिन सोमबार नेप्से परिसूचक चार दशमलव २६ अंकले उकालो लागेर १ हजार ९६९ दशमलव १८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता सेयर ७ करोड चार लाख ४४ हजार १५६ मूल्यमा खरिद बिक्री भएका थिए।

कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अंकले बढेको थियो। यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६ दशमलव २४ अंकले बढेर एक हजार ९८५ दशमलव ४३ अंकमा कायम भएको थियो।

कुल दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता सेयर ५० हजार दुई सय ९६ पटक खरिद बिक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको थियो।

corrent noodles
Metro Mart

यस्तै, साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा उत्साहजनक वृद्धि भएको थियो। यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ अंकमा कायम भएको थियो।

यो दिन दुई सय ७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार तीन सय ९ कित्ता सेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री भएका थिए। यसमा ३ अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको थियो।

प्रकाशित: Sep 23, 2023| 16:49 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्