आइतबार, वैशाख २८, २०८२

गण्डकीले बनायो गाईभैंसी कल्याण मापदण्ड

घरायसी प्रयोजनका लागि पालिने गाईवस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैंसी फार्मलाई लक्षित गरी मापदण्ड बनाइएको हो।
 |  शनिबार, असोज ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

vianetvianet

गण्डकी–पशुप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैंसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ। व्यावसायिक गाईभैंसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो।

triton college

गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन। पशुकल्याणका क्षेत्रमा क्रियाशील संस्था ‘स्नेहाज केयर’ सँगको सहकार्यमा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले अग्रसरता लिएको हो।

असल अभ्यासमार्फत पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि, उत्पादनको स्वच्छता अभिवृद्धि र आर्थिक लाभ बढाउन गाईभैँसीको कल्याणमा जोड दिइएको हो। घरायसी प्रयोजनका लागि पालिने गाईबस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्षित गरी मापदण्ड बनाइएको हो।

पशु सेवा तालिम केन्द्रका प्रमुख डा गृष्म न्यौपानले व्यावसायिक रुपमा पालिएका गाईभैँसीको सुविधा र कल्याणका लागि मापदण्ड जारी गरिएको उल्लेख गरे। 

प्रकाशित: Sep 23, 2023| 16:26 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्