बिहीबार, माघ २२, २०८२

क्यान अध्यक्षमा दोहोरिए चन्द

दोस्रो कार्यकालका लागि अध्यक्ष चन्दसहित उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध भएका हुन्।
 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) अध्यक्षमा चतुरबहादुर चन्दसहित उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। यसअघि क्यान अध्यक्ष रहेका चन्द आज भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि पुनः दोहोरिएका हुन्।

National life

यसअघि क्यानमा कोषाध्यक्ष रहेका रोशनबहादुर सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा पनि निर्विरोध भएका पदमबहादुर खड्का पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन्।

नवनिर्वाचित अध्यक्ष चन्दले क्यानमा सर्वसम्मत चयन हुँदा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिए। ‘अब टेस्ट क्रिकेटको आधारशाला तयार पार्न सरकारलाई दबाब दिइरहेका छौं। नेपालको क्रिकेट खेललाई विश्व मञ्चमा लैजान थप प्रयत्न हुनेछ,’ उनले भने।

आज जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्। अध्यक्षको उम्मेदवार हुन ६ जना प्रस्तावक चाहिने भएकाले संख्या नपुगेपछि भण्डारीले उम्मेदवारी दर्ता गरेनन्। 

सचिवमा चन्द प्यानलबाट राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उम्मेदवारी दिएका छन्। पारसविरुद्ध केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गराएका छन्।

Laxmi sunrise bank

महिला सदस्यमा सुदूरपश्चिमकी जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन्। यसअघिको कार्यकालमा पनि जयन्ती निर्विरोध भएकी थिइन्। क्यानको १७ सदस्यीय कार्यसमितिका लागि आज निर्वाचन भइरहेको हो। १९ मध्ये २ सदस्य  राखेपबाट मनोनयन हुने परम्परा छ।

प्रकाशित: Sep 23, 2023| 12:48 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्