सोमबार, मंसिर २५, २०८०

हाङझावमा एसियाड खेलकुद महाकुम्भ

एसियाडमा नेपालबाट हालसम्मकै धेरै २५३ खेलाडी सहभागी

एसियाका कीर्तिमानधारी खेलाडीको जमघट, विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालका तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
 |  शनिबार, असोज ६, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

काठमाडौं– आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी करिब १२ हजार ५ सय बढीको सहभागिता रहने १९ खेलकुद प्रतियोगिताको महाकुम्भ मेला एसियाड आजदेखि चीनको हाङझावमा सुरु हुँदै छ।

sagarmatha cement

चीनको हाङ्चाओ सहरमा आजदेखि सुरु हुने १९औं एसियाली खेल प्रतियोगितामा ४० खेल, ६१ वटा विधा र ४८१ प्रतिस्पर्धा हुनेछन्। एसियाली खेलकुद कुम्भमेला उद्घाटन आज चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन्।

खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सरिक हुनेछन्। प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन कयौं मुलुकका राष्ट्रपति, सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुगिसकेका छन्।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो संख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको प्रतियोगिताका लागि हाङ्चाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ।

हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट सोसमेतको व्यवस्थापन गरिएको छ। एसियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ। प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ।

Metro Mart
worldlink

विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालका तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

करातेमा आठ, गल्फमा ६, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा ६, पौडीमा चार, फेन्सिङमा ६, टेबल टेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।

एसियाडमा ठूलो संख्यामा नेपाली खेलाडी सहभागी हुन लागेको पहिलो घटना हो। नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ।

प्रतियोगीतामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट एक सय ६२ जना खेलाडी सहभागिता रहनेछ। नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

खेलकुदमा भाग लिन केही खेलाडी प्रतियोगिता स्थल पुगिसकेका छन् भने केही जाने क्रममा छन्। क्रिकेट होस् वा अरु कुनै पनि खेल विधामा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ।

एसियाडमा पदक लक्षित गरी नेपालले डेढ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो। खेलकुद मात्र एउटा यस्तो विधा हो, शक्तिशाली राष्ट्रका अत्याधुनिक सुविधासम्पन्न रंगशालामा आफनो देशको झन्डा फहराउने र राष्ट्रिय धुन घन्काउने अवसर प्रदान गर्छ।

प्रकाशित: Sep 23, 2023| 11:24 शनिबार, असोज ६, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्