बिहीबार, वैशाख १०, २०८३

बंगुरको मासु खानुअघि प्रार्थना गर्दा दुई वर्ष जेल

 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

इन्डोनेसियामा एक मुस्लिम महिला बंगुरको मासु खानुअघि इस्लामी प्रार्थना गरेकोमा जेल परेकी छन्। सीएनएनका अनुसार लिना लुत्फियावती नामकी महिलालाई इन्डोनेसियाको इसनिन्दा कानुनबमोजिम दुई वर्षको जेल सजाय सुनाइएको हो। उनी टिकटकमा लिना मुखर्जीको नामले चर्चित छिन्। 

National life

टिकटक स्टार लिनाले बालीको पर्यटकीय द्वीप भ्रमण गर्ने क्रममा बंगुरको मासु खानुअघि इस्लामको प्रार्थना पढेकी थिइन्। कुनै शुभकामको सुरुवात गर्नुअघि मुस्लिमहरूले यस्तो प्रार्थना गर्ने गर्छन्।

यसै कसुरमा लिनाविरुद्ध गत मंगलबार सुमात्रा द्वीपको पालेमबन्ग जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। ३३ वर्षीया ती महिलाले धार्मिक व्यक्ति र विशिष्ट समूहविरुद्ध घृणा भड्काउने उद्देश्यले जानकारी फैलाएको अदालतको आदेशमा उल्लेख छ। 

अदालतले लिनालाई दुई वर्षको जेल सजायसँगै १६ हजार २४५ डलर जरिवाना पनि लगाएको छ। यो जरिवाना नभरे उनले तीन महिना थप जेल बस्नुपर्ने अदालतको आदेश छ। मुद्दापछि अदालतबाहिर पत्रकारहरूसँग कुरा गर्दै लिनाले सजायप्रति दुःख व्यक्त गरिन्। आफूले गलत गरेको थाहा भए पनि यति ठूलो सजाय हुन्छ भनेर थाहा नपाएको उनले बताइन्। उनले यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताइएको छ। 

इस्लाममा सुँगुरको मासु वर्जित छ। यसै कारण अधिकांश इन्डोनेसियाली मुसलमान सुँगुरको मासु खाँदैनन्। 
 

kumari

प्रकाशित: Sep 23, 2023| 06:02 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्