शुक्रबार, वैशाख २६, २०८२

कार्यक्षेत्र फर्किन तयार भए आन्दोलित शिक्षक, आइतबारदेखि विद्यालय खुल्‍ने

 |  शुक्रबार, असोज ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

vianetvianet

काठमाडौं- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति भएको छ। सरकारले संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको विरोध गर्दै आन्दोलित शिक्षकसँग शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट ६ बुँदे सहमति भएको हो। 

triton college

आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्। वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए। त्यसैगरी सरोकारवाला मन्त्रालयका सचिवहरू पनि बैठकमा उपस्थित थिए। 

शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्। उनले सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने बताइन् । 

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको छ।

वार्तामा आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।

National life insurance

यसअघि बुधबार र बिहीबार पनि शिक्षकहरुका मागहरु सम्बोधन गर्ने विषयमा वार्ता भएको थियो। विभिन्‍न १८ बुँदे माग राख्दै शिक्षकहरुले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनाउँदै सडक आन्दोलन गरेका थिए। 

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट थिए। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको थियो।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका थिए।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौँमा आन्दोलन थालेको थियो। 

प्रकाशित: Sep 22, 2023| 18:07 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्