बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल काठमाडौंमा

कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल काठमाडौंमा

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२
National life
Shivam cement

काठमाडौं- कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल नेपाल आएका छन्।

व्यस्त समयका बाबजुद कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आएको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए।

मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन्।  नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल आजै फर्किने कार्यतालिका रहेको गौतमले बताए। 

प्रकाशित: Aug 08, 2025| 12:42 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्