आइतबार, जेठ २४, २०८३

नेप्सेमा उछाल, ३ अर्ब २९ करोडको कारोबार

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ। आजको कारोबारमा नेप्से परिसूचक ४४.३४ अंकले बढेर दुई हजार २९.७८ अंकमा कायम भएको छ।

National life

आज विभिन्न दुई सय ७८ कम्पनीको सेयर किनबेच हुँदा तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आजको कारोबारमा जलविद्युत र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। जलविद्युत समूहको उपसूचक ५.३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ। आजको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ।

आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआइबिएल ग्रोथ फन्डको सेयर मूल्य ४.०७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै २० करोड १८ लाखको कारोबार भएको छ।

Shivam cement

कारोबार भएका सेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख २९ हजार दुई सय ३२ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: Sep 21, 2023| 15:55 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्