शनिबार, असार १४, २०८२

रवीन्द्र मिश्रको उल्टो बाटो: दिए ०४७ को संविधानको शुभकामना

 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवीन्द्र मिश्रले '२०४७ सालको संविधानका लागि' शुभकामना दिएका छन्। २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा देशैभर हर्षोल्लासपूर्वक संविधान दिवस मनाइरहँदा मिश्रले भने परिमार्जनसहितको २०४७ सालको संविधानको शुभकामना दिएका हुन्।

सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियोसमेत राख्दै मिश्रले भनेका छन्-

'नवीन समझदारी' र परिमार्जन सहितको २०४७ सालको संविधानका लागि
मंगलमय शुभकामना!

'अब समय आएजस्तो छ,
जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु
तर जनताको इच्छा हुनुपर्छ !'

सिला खोजे जसरी खोज्दा त 'प्रचण्डपथका अनुयायी'हरूलाई केही भेट्टाउन हम्मेहम्मे परिरहेको छ। जबकि उनीहरू राजसंस्थाभन्दा हजार गुणा बढी भ्रष्ट, पापी, अपराधी, राष्ट्र र भावी पुस्ता घातीहरूको ज्यान फालेर आलोचनात्मक बचाउ गर्छन्।

यो देशमा राजाको सक्रिय शासन कसैले खोजेको छैन। तर यो देश ढिलोचाँडो भूराजनीतिक भुमरी र आन्तरिक द्वन्द्वमा फस्ने सम्भावना प्रबल छ।

इमान र ज्ञानका लागि सम्मानित स्वर्गीय वरिष्ठ अधिवक्ता गणेशराज शर्माले भनेझैं 'राजसंस्था अँध्यारोमा बाल्ने टर्चलाइट हो।' मैले मेरो पुस्तकमा 'कुशन संस्था' भन्ने शब्दावली प्रयोग गरेको छु।

देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मानमा बढ्दै गएको खतरा आजको दिनमा पनि कसैले न्यूनीकरण गर्न सक्छ भने त्यो राजसंस्था नै हो।

अब राजा, राजनीतिक दल र जनताबीच नवीन समझदारीमा पुग्न जति ढिलो गर्छौं,  त्यति छिटो यो देश भड्खालोमा पर्नेछ।

माओवादी पार्टी भोलि रहला-नरहला तर २०४६ सालपछिको नेपालको सबैभन्दा सफल नेता प्रचण्ड हुन्।

प्रचण्डले देशभन्दा विचारलाई माथि राख्ने धनी, ज्ञानी, मानी/नागरिक समाज/समाज/मिडिया/राजनीतिक पार्टी/राजनीतिकर्मी - सबैलाई घिसारेर आफ्नो पुच्छर बनाइसकेका छन्।

जसले जति नै अग्रगमनको फुर्ती लाए पनि देश अहिले 'प्रचण्डपथ'मा हिँडिरहेको छ, जसले  कुनै हालतमा यो देश र भावी पुस्ताको हित गर्ने छैन।

त्यसैले स्थिति नियन्त्रणभन्दा बाहिर जानु अगावै  सबैले अहं र हठ त्यागौं, आ-आफ्नो गल्ती महशुस गरौं, शान्तिपूर्ण संक्रमणका लागि २०४७ सालको संविधानलाई आधार बनाएर, त्यसमा आवश्यक परिमार्जन गर्दै, राजा, राजनीतिक दल र जनताबीच नवीन समझदारीमा पुगौं। विचारभन्दा माथि देशलाई राखौं।

भिडियोमा के भनेका  छन् ज्ञानेन्द्रले ?
अहिले परिस्थिति कस्तो छ भने दुबोको मालाको, गोदावरी फूलको मालाको, मखमली फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने। त्यो परिस्थितिमा हामी हिँडिराख्या जस्तो लाग्छ। नेतृत्व नभा जस्तो देखिएको छ। त्यसैले अब समय आएजस्तो लाग्छ मलाई। जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु। तर सबै जनताको इच्छा हुनुपर्छ।

पूर्वराजाले कहिले र कुन सन्दर्भमा यो बोलेका हुन् भन्नेचाहिँ खुलेको छैन।

प्रकाशित: Sep 20, 2023| 14:56 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्