बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • त्रिवेणी सिन्थेटिकले तिर्‍यो विद्युत् बक्यौताको पहिलो किस्ता

त्रिवेणी सिन्थेटिकले तिर्‍यो विद्युत् बक्यौताको पहिलो किस्ता

 |  शुक्रबार, कात्तिक २१, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ। 

नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए। 

त्रिवेणी सिन्थेटिकको चार करोड ३९ लाख ८३ हजार बक्यौता रहेकामा त्यसलाई २८ किस्तामा विभाजन गरिएको छ। पहिलो किस्ताबापत  त्रिवेणी सिन्थेटिकले रु १५ लाख ७१ हजार तिरेको हो।

प्रकाशित: Nov 07, 2025| 09:50 शुक्रबार, कात्तिक २१, २०८२
प्रतिक्रिया दिनुहोस्