शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारत-क्यानडा सम्बन्धमा तनाव, आरोप-प्रत्यारोप र कारबाहीका श्रृंखला 

भारत-क्यानडा सम्बन्धमा तनाव, आरोप-प्रत्यारोप र कारबाहीका श्रृंखला 

 |  मंगलबार, असोज २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

vianetvianet

नयाँ दिल्ली- भारतले मंगलबार क्यानेडाका एक वरिष्ठ कूटनीतिज्ञलाई निष्कासित गरेको छ। क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्‍न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि जवाफ कारबाही स्वरुप क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो। 

triton college

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ।  नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाका कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानाडाका कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका अधिकारीले बताएका छन्। विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि  क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन्। 

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका थिए। गत जुन १८ मा निज्जर ब्रिटिस कोलम्बियामा  एक सिख मन्दिरबाहिर मृत अवस्थामा भेटिएका थिए। 

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतका विरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए।  यद्पि क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा 'विश्वसनीय' सम्बन्ध रहेको दोहोर्‍याएका थिए। भारतले भने उक्त आरोपलाई 'निरर्थक' भएको जनाएको छ। 

National life insurance

'क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनै खाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लंघन हो,' ट्रूडोले सोमबार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भने, 'त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।'

क्यानाडियन विदेशमन्त्री मेलानी जोलीले 'क्यानडाको भूमिमा यहाँ एक क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको प्रतिनिधि संलग्न भएको हुनसक्ने आरोप... चिन्ताजनक मात्र नभएर यो पूर्णतया अस्वीकार्य' भएको बताएकी थिइन्। 

उनले भनिन्, 'यदि सत्य प्रमाणित भयो भने, यो हाम्रो सार्वभौमसत्ताको ठूलो उल्लंघन हुनेछ र देशहरूले कसरी एकअर्कासँग व्यवहार गर्छन् भन्‍ने कुरा आउँछ। हामीले यो कुरा हाम्रो ध्यानाकर्षण गराएपछि हामी कुनै पनि प्रकारको विदेशी हस्तक्षेप सहने छैनौं भन्ने स्पष्ट भइसकेका छौं। 

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतंकवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो। क्यानडाले त्यस्ता खालिस्तानी आतंककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्।'

यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ। 'क्यानडामा हत्या, मानव बेचबिखन र संगठित अपराधजस्ता गतिविधिलाई फस्टाउन दिनु कुनै नयाँ कुरा होइन। हामी त्यस्ता गतिविधिमा भारत सरकारलाई संलग्‍न गराउने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं,' विज्ञप्तिमा भनिएको छ।

क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू पनि रद्द गरेको छ। विस्तृत जानकारी नदिएको भए पनि उसले 'केही राजनीतिक विकासक्रम' कारण क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख मानिसहरु बसोबास गरिरहेका छन्। भारतको पञ्‍जाबबाहिर सिखको सर्वाधिक संख्या क्यानडामै छ। -बीबीसी

प्रकाशित: Sep 19, 2023| 17:35 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्